टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न

टोकियो । जापानमा २८५३ औँ (फाग ल्हो सुङ्गुर वर्ष) सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ ।
आइतवार नेपाल तामाङ समाज जापान केन्द्रिय समितीको आयोजना टोकियोको मेगूरो हलमा बृहत् ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथ्यताबाट बोल्दै अन्तराष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष तथा नेपाल तामाङ घेदुङ संघीय सचिवालय विदेश विभाग प्रमुख टासी लामाले सरकारको बिभेदकारी रणनितीका कारण ल्होछार पर्वलाई पर्वको रुपमा नभई आन्दोलनको रुपमा मनाउनु पर्ने बाध्यता भएको उल्लेख गर्नुभयो । उहाँले राज्यको हरेक अंगमा आदिवासी जनजातिको सहभागिता र सहकार्य नभए सरकारको विकासको नारा असफल हुने बताउनु भयो ।
कार्यक्रममा बिशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्बू ल्होसार लगाएत आदिवासी समुदायको मौलिक पर्वको जगेर्ना र संरक्षण गर्न आवश्यक रहेको बताउदै एक भएर आवाज वुलन्द गरिने समय भएको बताउनु भयो ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,एनआरएनए आईसीसी सदस्य ओम गुरुङ्,समाजका सल्लाहकार हवलचन्द्र लामा,तमु धि जापानकी अध्यक्ष अनिता गुरुङ्,थकाली सेवा समितिका अध्यक्ष बुद्दी गौचन,संघीय नेपाली समाज जापानका अध्यक्ष पेंबा शेर्पा,नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष बिजय थकाली,कानागवा नेपाली कम्यूनिटीका अध्यक्ष हरि सापकोटा,धाडिङ समाज जापानका अध्यक्ष कृष्ण खनाल,नेपाल मगर संघ जापानका अध्यक्ष नविन थापा मगर , कान्तो क्षेत्रका अध्यक्ष रीत राना मगर लगाएतको आतिथ्यता रहेको थियो ।
‘सोनाम ल्होछारको प्रवर्दन हाम्रो साँस्कृतिक सरोकार,ताम्सालिङ प्रदेशको निर्माण हाम्रो राजनीतिक अधिकार’ भन्ने मुल नाराको साथ कार्यक्रम सम्पन्न भएको थियो ।
सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा ख्याति प्राप्त गायक रोज मोक्तानले मेगूरो हल तताएका थिए भने स्थानीय कलाकारहरूको समेत भव्य प्रस्तुति रहेको थियो ।
नेपाल तामाङ समाज जापान केन्द्रिय समितीका अध्यक्ष कुमार मोक्तानको सभापतित्व र महासचिव हिमाल वाईबाले संचालन गरी औपचारिक कार्यक्रम सम्पन्न भएको थियो ।
ल्होछार कार्यक्रम क्युवु क्षेत्रीय समितीको आयोजनामा फेब्रुअरी १९ तारिख मङ्गलवार फूकोओकामा हुने जनाएको छ | मात्रुसन्देश बाट |