हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह

काठमाडौँ–राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सञ्जालमा विवादित बनेको लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट..’ शीर्षकको गीतलाई पुनः यूट्युबमा राख्न आग्रह गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष एवं लोक गायक बद्री पङ्गेनीले आज एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका उपाध्यक्षसमेत रहेका शर्माको गीत सुन्न पाउनु दर्शक र स्र्रोताको अधिकार हो भन्दै शर्मालाई पुनः गीत अपलोड गर्न आग्रह गरेका छन्।

“गीतमा प्रयोग भएका शब्द सार्वजनिक सञ्चारमाध्यममा आइरहेका शब्द हुन् । गीत सङ्गीतमा आउन नहुने भन्ने मापदण्ड छैन तसर्थ, पनि सर्जकद्वारा सिर्जना गरिएको कलाकृति, गीत सङ्गीत लोकले जस्ताको तस्तै सुन्न पाउनु स्रोताको अधिकार भएकाले प्रतिष्ठान कलाकार शर्मालाई उक्त गीत जस्ताको तस्तै पुनःअपलोड गर्नुहुन अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

गायक शर्माको गीतमा प्रयोग भएका शब्दमा कलाकार आफैँलाई ‘फेर्न योग्य’ लागेर गीत हटाएका हुन् भने त्यो उनको निजी स्वतन्त्रताको कुरालाई संस्था सम्मान गर्दछ तर कुनै दबाब या अन्य कारणले हटाएको हो भने गीतलाई जस्ताको तस्तै अपलोड गरी आइपर्ने अन्य विषय छलफलद्वारा समाधान खोज्न संस्था अगुवाइ गर्न तयार रहको जनाएको छ ।

शर्माको गीत यूट्युबमा भाइरल भएपछि गीतमा प्रयोग भएका केही शब्दलाई लिएर सम्बन्धित निकायको दबाबपछि शनिबार हटाइएको शर्माले आफ्नो फेसबुक स्टाटसमा लेखेका थिए ।

उनले केही साथीभाइ तथा शुभचिन्तकको सल्लाह सुझावबमोजिम शब्द परिमार्जन गरी पुनःसार्वजनिक गर्ने उल्लेख गरेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution