इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न

तेलअविव-नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा “प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस” तेलअविवमा महासंघ इजरायलका वरिष्ठ उपाध्यक्ष तारा काउचा मगरको सभापतित्वमा र गैर अवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलकी कार्यवाहक अध्यक्ष शान्ता अधिकारी ज्ञवलीको प्रमुख अाथित्यमा साथै नेपाल आदिवासी जनजाति महासंघ इजरायलका संरक्षक परिषदका सदस्य ज्युहरु, सल्लाहकार ज्युहरु , नेफिन इजरायलका सदस्य संस्थाका अध्यक्ष एवं प्रतिनिधि ज्युहरु लगायत इजरायलमा स्थापित राजनैतिक , सामाजिक , धार्मिक संघ संगठनका प्रतिनिधिहरु लगायत इजरायलवासी नेपालीहरुको उपस्थितीमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेफिन इजरायलका महासचिव समीर स्याङ्बा ह्योल्मोले उपस्थित सम्पुर्णलाई स्वागत गर्दै प्रथम शहिद लखन थापा मगर लगायत ज्ञात अज्ञात सम्पुर्ण शहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली सहित आफ्नो मन्तव्य राख्नु भएको थियो |
स्मृति दिवसको अवसरमा नेफिन इजरायलका निवर्तमान सदस्य मन राना मगर , अन्तराष्ट्रीय नेपाली समाज इजरायल ( नयाँ शक्ती ) का अध्यक्ष तेज़ श्रेष्ठ ज्यु , नेफिन इजरायलकी पुर्व अध्यक्ष तथा वर्तमान संरक्षक परिषदका सदस्य क्रमश निर्मला गुरुङ ,डोमा शेर्पा ज्यु , एन आर एन ए एनसीसी इजरायलकी काबा अध्यक्ष श्री शान्ता अधिकारी ज्ञवाली ज्युले आ- आफ्नो मन्तव्य राखेका थिए ।
मन्तव्य राख्ने क्रममा प्रथम शहिद लखन मगर थापाको १४२ औं स्मृती दिवसमा श्रद्धाञ्जली सहित प्रथम शहिद लखन थापा मगरको मुर्ति शहिद गेटमा राख्नु पर्ने , लखन थापा मगरको जीवनीलाई बिद्यालय पाठ्यक्रममा समावेश गरिनुपर्ने , राज्यले मनाउदै आएको सहिद सफ्ताहलाई फागुन २ गतेबाट सुरु गर्ने या समापन गर्नुपर्ने र उक्त्त दिन सार्बजनिक बिदा दिनुपर्ने, लखन थापा मगरको परिवारलाई उचित सम्मान र राज्यबाट पाउने सुविधाहरु उपलब्ध गराईनु पर्नेमा जोड दिएका थिए ।
प्रथम शहिद लखन थापा मगरलाई घोषणा मात्र गरेर हुन्न र सिमित जाती, समुदाय र सिमित क्षेत्रले मात्र नभएर सबै नेपालीहरुको मुक्त्तीको निम्ती ज्यान आहुति दिएका प्रथम शहिद लखन थापा मगर लगाएत ज्ञात-अज्ञात शहिदहरुको सपना साकार पार्दै सिंगो राज्यले स-सम्मान सहित शहिद दिवस मनाएमा मात्र शहिदहरुको आत्माले शान्ति पाउने भन्दै कार्यक्रमका सभापति तारा काउचा मगरले कार्यक्रममा चिया,पानि र फलफुल सहयोग गर्नुहुने नेपाल मगर संघ साखा इजरायल र किरात याक्थुम चुम्लुंग इजरायल लगाएत उपस्थित सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए |