हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

यी ५ प्रकारका व्यक्तिसँग कहिल्यै साथी नबन्नुस्, नत्र दु:ख पाउनुहोला!

मानिस सामाजिक प्राणी हो । आमाको गर्भबाट भूइँमा झरेसँगै ऊ विभिन्न भूमिकामा परिभाषित हुन्छ । कसैको छोरा-छोरी, भाइ-बहिनी, नाति-नातिनी आदि । जब ठूलो हुँदै जान्छ, अनि रगतसँग कुनै साइनो नजोडिएकाहरु पनि उसको जीवनमा जोडिन आइपुग्छन्, साथीको रुपमा ।

साथीको सम्बन्धलाई पवित्र र मनको नाताको रुपमा बुझ्ने चलन छ । कतिपय साथी यति फलदायी हुन्छन् नि, उनीहरुको संगतकै कारण निकै व्यक्ति सफल भएका छन् । उदाहरण यस्तो पनि पाइन्छ, कतिपय संगतकै कारण पतित भएर गएका छन् । त्यसैले जहिले पनि असल व्यक्तिको मात्रै संगत गर्नुपर्छ । यहाँ हामीले यस्ता पाँच प्रकारका व्यक्तिहरुको बारेमा जानकारी दिँदैछौँ, जससँगको संगत तपाइँलाई कहिल्यै फलदायी हुँदैन ।

१. सधैँ आफ्नै कुरा लाद्ने :साथी यस्तो हुनुपर्छ, जसले तपाइँलाई साथ देओस् । तपाइँको कुरा पनि सुनोस्, न कि हाकिमको जस्तो ब्यबहार गरोस् । हरेक कुरा आफ्नो मात्रै लाद्न खोज्ने साथी बनाउँदा तपाइँलाई जिन्दगीमा केही फाइदा हुँदैन, हुन्छ त केवल घाटा मात्रै ।

२. कुरा-कुरामा अपमानित गर्ने : साथी-साथीमा हाँसी-मजाक त चलिरहन्छ । यस्तोमा कहिलेकाहीँ अनजानमा बोलिने कुरा र गरिने व्यवहारले चित्त दुख्न सक्छ, यो त सामान्य नै हो । तर, कसैले जिस्किएको बहानामा तपाइँलाई बारम्बार अपमानित गर्न खोज्छ भने त्यस्तो व्यक्तिसँगको संगत आजै छाडिदिनुस् । साथीको सम्बन्ध सम्मानमा हुन्छ, अपमानमा होइन ।

३. अफ्ठ्यारोमा साथ नदिने: हामी सबैको साथमा आ-आफ्नो जरुरी काम त हुन्छ नै, तर सच्चा साथीले आवश्यक पर्दा तपाइँलाई साथ दिनुपर्छ । कोही त्यस्तो व्यक्ति जो तपाइँलाई अति आवश्यक पर्दा पनि व्यस्त रहेको बहाना बनाएर साथ दिँदैन भने त्यस्तो साथीको संगत पनि छाडिदिनुस् ।

४. स्वार्थी: केही यस्ता हुन्छन्, जो आफूलाई आवश्यक पर्दा मात्रै साथीलाई सम्झिन्छन् । काम नपर्दा वास्तासमेत नगर्नेहरु आफ्नो काम परेपछि चेपारे घस्दै जोडिन आउँछन् । होसियार ! यस्ता साथीहरु पनि तपाइँको साथको लायक छैनन् ।

५. डाह गर्ने : साथी त एकअर्काको सफलतामा खुसी हुनुपर्छ । यदि कोही त्यस्तो व्यक्ति जो अरुको सफलतामा जल्छ भने त्यो कसैको संगत लायक हुँदैन । यस्ता व्यक्तिले तपाइँलाई पनि कहिल्यै सफल हुन दिँदैनन् । त्यसलै यिनीहरुको संगत आजैबाट छाडिदिनुस् ।

अनि कतै तपाइँमा पनि यस्तो कुनै गलत स्वभाव त छैन ? यदि त्यस्तो हो भने, तपाइँ स्वयमलाई पनि यो फाइदाजनक नहुनसक्छ । समयमै सोच्नुहोला ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution