हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

जैस ए मोहम्मद : जसले मोदीलाई हत्याको धम्की दियो,कश्मीरमा घातक हमला गर्नेको कथा

काठमाडौं : जैस ए मोहम्मद मूख्यत: मुस्लिम अतिवादी धार्मिक समुह हो । यो समुहका सदस्यले आफूलाई मोहम्मदका सेना दावी गर्छन् । अफगानिस्तान, पाकिस्तान र भारतमा सक्रिय यो समुह विवादित क्षेत्र कश्मीरलाई भारतबाट अलग्याउने उद्देश्य रहेको बताउँछ ।

मुस्लिम धर्म अन्तर्गत सुन्नी समुदायसँग जोडिएको जैस ए मोहम्मदले यसअघि पटक पटक भारतमा विस्फोटक हमला गरिसकेको छ । पाकिस्तान, भारत, अफगानिस्तान, युएई, बेलायत र अष्ट्रेलियासम्म यसको सञ्जाल रहेको बताइन्छ ।

अफगानिस्ता र पाकिस्तानमा सक्रिय तालिबान र अलकायदानिकट मानिने यो समुहले केही हमलामा गठबन्धन नै गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलले बताउँदै आएका छन् ।

आतंकको सुरुवात

सन् २००० अप्रिल २० मा पहिलो पटक कश्मीरस्थित भारतीय सेनाको ब्यारेकमाथि आत्मघाती हमलासँगै यो समूहले आफ्नो प्रभाव देखाएको थियो । यो हमलासँगै जैस ए ले पाक-भारतको विवादित क्षेत्र कश्मिरमा त्यही हमलासँगै आफ्नो उपस्थितिको सन्देश दिएको थियो । कश्मीरमा भएको पहिलो आक्रमणमा ५ जना भारतीय सैनिक मारिएका थिए ।

सन् २००१ अक्टोबरमा जम्मु-कश्मिरको विधानसभा भवनमा अर्को हमला गर्यो । जहाँ ३८ जनाले ज्यान गुमाएका थिए । यसको दुई महिनापछि डिसेम्बरमा लस्कर ए तैबाका लडाकुसँग मिलेर यसका लडाकुहरुले भारतको संसद भवनमै धावा बोले । त्यस हमलामा आठजना सुरक्षाकर्मी र बगैंचामा काम गरिरहेका एक कामदार मारिए । तर उक्त हमलापछि केही बेरमै सुरक्षाकर्मीले अवस्थालाई नियन्त्रणमा लिए ।

यो घटनामा पनि जैस ए मोहम्मदले तत्कालै जिम्मेवारी त त लियो तर भोलिपल्टै आईएसआईको दबाव भन्दै घोषणा फिर्ता पनि गर्‍यो । तत्कालिन भारत सरकारले लस्कर ए तैबा र जैस ए मोहम्मद नै यो घटनामा संलग्न भन्दै उनीहरुविरुद्ध कारवाही घोषणा गर्यो । भारत सरकारको आक्रमक कदमपछि जैस ए मोहम्मदका चार कार्यकर्ता तत्कालै पक्राउ परे । यही घटनामा संलग्न भन्दै भारत सरकारले अफजल गुरुलाई फाँसी पनि दियो ।

भारतको संसद्मै भएको यस्तो हमलाबारे धेरै टिप्पणी भए । सुरक्षाविदले यस हमलालाई आधुनिक आतंकवादको नयाँ रुप बताउँदै यसलाई भयानक र विश्वमै फरक किसिमको भनी टिप्पणी गर्छन् ।

भारतले उक्त घटनालाई लोकतन्त्रमाथिकै हमला भन्दै ठूलो संख्यामा पाकिस्तानसँगको सीमाक्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्यो । त्यही ‘कारवाही’को श्रृंखला निरन्तर १५ वर्षसम्म चलिरहेको हो ।

पाकिस्तान कनेक्सन र प्रतिबन्ध

यस क्रममा तत्कालिन पाकिस्तानी प्रधानमन्त्री परवेज मुसर्रफले कश्मीरको नाममा कसैलाई पनि आतंकवादी गतिविधिमा संलग्न हुने छुट नहुने भन्दै जैस ए मोहम्मदसहित पाँच अतिवादी समुहलाई प्रतिबन्ध लगाए ।

मुसर्रफको घोषणापछि पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरबाट सयौं हतियारधारी कार्यकर्ता पनि समातिए । तर, सन् २००२ को मार्चसम्ममा उनीहरु सबै मुक्त भए ।

सन् २००१ मा जब अमेरिकाले जैस ए मोहम्मदलाई अन्तर्राष्ट्रिय आतंकवादी समुहको सूचीमा राख्यो, तब यस समुहले आफ्नो नाम फेर्दै तेहरिक एल फुर्कानका रुपमा चिनाउन थाल्यो । जैस ए मोहम्मदलाई संयुक्त राष्ट्रसंघले सन् २००१ अक्टोबरमा र अमेरिकाले सन् २००१ डिसेम्बरमा अन्तर्राष्ट्रिय आतंकवादी संस्थाको सूचीमा राखेका थिए ।

पाकिस्तानले सन् २००२ जनवरीमा यसलाई प्रतिबन्ध लगाएपछि यसले आफ्नो नाम खुद्याम एल इस्लाम राखेको थियो । खुद्याम स्वयम् पनि सन् २००३ मा प्रतिबन्धित भयो । यसपछि उक्त समुहले आफूलाई अल रहमत ट्रस्टका रुपमा चिनाउन थाल्यो ।

विभाजन

राष्ट्रसंघ र अमेरिकासम्मको प्रतिबन्धमा परिरहेको अवस्थामा नेतृत्व र सदस्यहरुको विवादका कारण जैस ए मोहम्मद दुई समुहमा विभाजित भइसकेको थियो । केही मुख्य नेता नै यस समुहबाट अलग भए ।

सन् २००२ देखि यो समूहले आत्मघाती हमलालाई प्राथमिकता दिन थाल्यो । खासगरी पाकिस्तानकै ठूला सहरमा उनीहरुले आफ्नो मिसन लक्षित गर्न थाले

औपचारिक रुपमा २००४ देखि प्रतिबन्ध लगाइए पनि यसका नेता मसूद अजरलाई पाकिस्तानले नै संरक्षण दिएको आरोप भारतले लगाउँदै आएको छ ।

भारतीय मिडियाहरुले त पाकिस्तानको बहलपुरमा यसको भव्य भवन नै रहेको जिकिर गर्दै आएका छन् । जहाँ स्वीमिङ पुल, पार्क जस्ता विलाशी सुविधा पनि रहेको बताइन्छ । सहरको केन्द्रमै समुहले एउटा मद्रसा नै सञ्चालन गरेको छ । जहाँ हरेक वर्ष सयौँ बालबालिका पढ्छन् ।

मोदीलाई नै धम्की

सन् २००८ मा यस समुहले पाकिस्तानी सहरमा तीनदिने र्‍याली नै चलायो । यसका कमान्डर मसूद अजर सन् २०१४ सम्म भूमिगत शैलीमा सामान्य जीवनयापनमै थिए । बेलाबेला भारत र अमेरिकालाई भयानक हमला गर्ने धम्की भने उनले दिइरहन्थे ।

उनकै नेतृत्वमा ३ सय भन्दा बढी आत्मघाती हमला पनि भएको छ । अनौठो त के भने उनै मसूदले नरेन्द्र मोदीलाई प्रधानमन्त्री बन्नुअघि ‘यदि मोदी भारतको प्रधानमन्त्री बनेको खण्डमा हत्या गर्ने’भन्दै सार्वजनिक धम्की दिएका थिए ।

उरीमा घातक हमला

सन् २०१६ मा यो समूहले भारतीय सेनामाथि घातक हमला गर्‍यो । जैस ए मोहम्मदले कश्मिरको उरीस्थित भारतीय सेनाको ब्रिगेड मुख्यालयमै हमला गरे । जहाँ दर्जन बढी सुरक्षाकर्मी मारिएका थिए । यस समुहको हमला यतिन्जेलसम्म यति बढिसकेको थियो कि, भारतीय तत्कालिन गृहमन्त्रीले पाकिस्तानलाई ‘आतंकवादी राज्य’ भनेर टिप्पणी गरे ।

ठुलो आक्रमण

यही समुहले बिहीबार ४२ जना भारतीय सुरक्षाकर्मीको ज्यान जाने गरी हमला गर्‍यो । यसबाट भारत र पाकिस्तानबीचको शीतयुद्ध थप तनावमय हुने आशंका गरिएको छ ।

भारतमा चुनावको मुखमै यस्तो हमला हुनुलाई चासोका साथ हेरिएको छ । भारत सरकारले हमलापछि हमला गर्नेले ठूलो मुल्य चुकाउनुपर्ने भन्दै चेतावनी दिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित सम्बोधन गर्दै हमलाकर्ताले ठूलो गल्ती गरेको बताए । उनले अब उनीहरुले ठूलो मुल्य चुकाउनुपर्ने बताए । मोदीले आफूहरु सुरक्षामा केन्द्रित रहेको भन्दै आतंकवादी हमला निस्तेज पार्ने चेतावनी पनि दिएका छन् ।अन्नपुर्णपोस्टबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution