माउन्टेन हाइड्रो र स्पर्स लघुवित्तको आईपीओ स्वीकृत

फागुन ३, काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेड र स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएका छन् ।
माउन्टेन हाइड्रो नेपालले १८ लाख १६ हजार १ सय १० कित्ता आईपीओ निष्कासनका लागि फागुन १ गते स्वीकृति पाएको हो । कम्पनीको विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
स्पर्श लघुवित्तले २ लाख ६९ हजार ६ सय ३० कित्ता आईपीओ निष्कासनका लागि फागुन ३ गते स्वीकृति पाएको हो । कम्पनीको विक्री प्रवन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।