हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

बौद्धधर्ममा दोस्रो बुद्धको भ्रम

बौद्ध धर्म–दर्शनमा दोस्रो बुद्धको अवधारणा नै नभएकाले ‘दोस्रो बुद्ध’ भनी आफूखुशी प्रशंसा वा घोषणा गर्दै हिंड्दा बौद्ध मूल्यमान्यतालाई हाँक दिएको ठहर्छ।

बौद्ध धर्म–दर्शनमा बुद्ध कसलाई भन्ने, कसलाई नभन्ने स्पष्ट छ । बुद्धकै जीवनकालमा अद्भुत प्रतिभा भएका व्यक्तिहरू बौद्ध संघमा प्रवेश गरेका थिए, तर दोस्रो बुद्धको अवधारणा नभएकाले तीमध्ये कसैलाई पनि बुद्ध भनिएन ।

हिजोआज भने कतिपय भिक्षु र आचार्यलाई दोस्रो बुद्ध भनी चिनाउने गरिन्छ । यसले बौद्ध धर्म दर्शनका जानकारहरूलाई असमञ्जस र सर्वसाधारणलाई भ्रममा पार्ने गरेको छ ।

बौद्ध धर्मदर्शनको इतिहासमा आचार्य नागार्जुन अद्वितीय हुन् । बौद्ध दर्शनका चार सम्प्रदाय वैभासिक, सौत्रान्तिक, माध्यमिक (शून्यवाद) र योगाचार (विज्ञानवाद) मध्ये माध्यमिक दर्शनको विकासमा यिनको ठूलो देन रह्यो ।

यिनलाई शून्यवादका प्रवर्तक नै मान्नेहरू भए पनि वास्तवमा शून्यवादको दर्शन स्वयं गौतम बुद्धबाट मुखरित भएर प्रज्ञापारमिता ग्रन्थमा लिपिबद्ध भइसकेको र त्यसलाई यी आचार्यले विशेष महत्व दिई अगाडि बढाएका हुन् ।

माध्यमिक दर्शनको साहित्यमै पनि कसैबाट प्रयोग नभएको ‘दोस्रो बुद्ध’ को पगरी अचेलका लेखकहरूले यी आचार्यलाई लगाइदिन थालेका छन् ।

नेपाली लेखकहरूले राजा श्रङचङ गम्पोसँग विवाह भएकी नेपाली राजकुमारी भृकुटीबाट तिब्बती भूमिमा बौद्ध धर्म फैलिएको भनेर जति लेखे पनि तिब्बतका साथै अन्यत्र पनि त्यसअघि नै बौद्ध धर्मको प्रवेश भइसकेको ऐतिहासिक तथ्यहरू पाइन्छन् ।

राजा श्रङचङ गम्पोको समयमा तिब्बतमा बौद्ध धर्मले राजकीय संरक्षण पाए पनि खासै विकास भएको थिएन । पछि उनकै वंशजका राजाको समयमा बौद्ध धर्म फैलाउने काम भारतीय आचार्य पद्मसंभवबाट भयो ।

तिब्बत, भूटानलगायत हिमालय क्षेत्रमा बौद्ध धर्म विस्तारमा यी बज्रयानी गुरुको ठूलो योगदान रह्यो । तिब्बती बौद्धहरू आचार्य पद्मसंभवप्रति नतमस्तक हुन्छन् । अचेल यिनका बारे लेख्नेहरू ‘पद्मसंभवलाई तिब्बतीहरू दोस्रो बुद्ध मान्दछन्’ भनी लेख्छन् ।

तिब्बती बौद्ध समाजले पूर्वजन्ममा आफू कुनै बौद्ध धर्मगुरु रहेको दाबी गर्ने बालकलाई ‘फलाना धर्मगुरुको पुनर्जन्म वा अवतार’ भन्दै गुम्बामा ल्याई टुल्कुको दर्जा दिएर गद्दीमा राख्छ । यस वर्गका भिक्षुहरू निकै सम्मानित र अधिकारसम्पन्न हुन्छन् ।

उपासक/उपासिकाहरूले अत्यन्त श्रद्धाभाव देखाउने क्रममा बुद्ध वा दोस्रो बुद्ध नै पनि भन्ने गरिन्छ । अझ् बुद्धलाई भूगोल विशेषसँग जोडेर ‘डोल्पा बुद्ध’ जस्ता नामहरू प्रचारमा ल्याउँदा विभिन्न खालका विकृति झङ्गिने संभावना निकै देखिन्छ ।

गौतम बुद्धको जीवनकालमै उपासक/उपासिकाको अधिक प्रशंसा वा श्रद्धाबाट भिक्षु भ्रष्ट भएको ज्वलन्त उदाहरण देवदत्त हुन् । बुद्धको साला वा जेठान (कतिले काकाका छोरा भाइ पनि भनेका छन्) देवदत्तका उपासक/उपासिकाहरूमा मगधका राजकुमार अजातशत्रु पनि थिए ।

प्राप्त श्रद्धाको मातले उनलाई आफू स्वयं बुद्ध भएको भ्रममा पार्‍यो र गौतम बुद्धले अवकाश नलिंदै विद्रोह गरी संघ नै फुटाएर बेग्लै संघ बनाए ।

त्यसबेला भिक्षु देवदत्तले बुद्धकै जस्तो हाउभाउमा प्रवचन दिंदै स्वयंलाई बुद्ध घोषणा गरेका थिए । पछि गौतम बुद्धको आज्ञाले भिक्षुद्वय सारिपुत्र र मौद्गल्यायनले सबैलाई मूल संघमा फर्काएका थिए ।

बौद्ध भिक्षुहरूलाई शीलले सम्पन्न मानिन्छ र सोहीअनुसार श्रद्धा गरिन्छ । श्रद्धालाई गलत अर्थमा बुझने भिक्षुहरू घमण्डले फुल्ने गर्छन् । उनीहरू सामान्य कुरामा पनि जिद्दी गरेर बस्ने, भिक्षुको कुरा काट्नुहुँदैन भन्ने गर्छन् । गलत रवैया अपनाएर भए पनि आफैंले जित्नुपर्ने यस्तो मानसिकता बौद्ध आचरण नभएर विकृति मात्र हो ।

आफूसँग नभएको क्षमता छ नभन्नु बौद्ध संघमा एउटा सामान्य विनय हो । यसअनुसार, अर्हत्व प्राप्त नगरी प्राप्त गरिसकें भनी दाबी गर्नु विनय विपरीत हो ।

भिक्षुहरूले आफूलाई अर्हत् भनी दाबी नगरे पनि तस्वीरमा टाउको वरिपरि प्रभामण्डल राख्न लगाएर त्यसलाई भित्तामा झुन्ड्याउने लोभ बढेको देखिन्छ । यस्ता तस्वीरहरू पत्रपत्रिकामा छपाएको पनि देखिन्छ । यसको सोझे अर्थ दिव्यताको दावी हो । यस्ता विकृतिले बौद्ध अनुशासनलाई चुनौती दिन्छ ।

बुद्धको शिक्षा अनुसरणबाट जो कोहीले धर्मलाभ गर्न सक्छन् तर त्यसैलाई बुद्धत्व प्राप्ति वा त्यहीसरह भन्नु सर्वथा अनुचित हो । बुद्धत्व भनेको विशिष्ट अवस्था हो ।

त्यस्तो विशिष्ट अवस्था पाएका मानव पछिल्ला गौतम बुद्ध हुन् । त्यसपघिका २७ जना मानव बुद्धको नाम बौद्ध वाङ्मयमा उल्लेख छन् । ज्ञात बुद्धहरूकै क्रमसंख्या बनाउने हो भने लुम्बिनीमा जन्मेका गौतम बुद्ध २८औं हुन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution