राम कुमार घिसिङ र सुनिता दोङको ‘ओ मेरी भ्यालेन्टाइन’ म्युजिक भिडियो सार्वजनिक

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएका हरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रुपमा लिइन्छ ।
पश्चिमा देशहरुबाट शुरु भएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकैँ झाँगिएको पाइन्छ । भ्यालेन्टाइन डे आफैमा एक रोमान्टिक दिन हो र यो प्रेममय दिन हो ।
यसै अवसरमा कलाकार सुनिता दोङले भ्यालेन्टाइन डेको पूर्व सन्ध्या पारेर नेपाली युवा पिढीलाई टार्गेट गरेर ‘ओ मेरी भ्यालेन्टाइन’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।
रमेश नेपालीको शब्दमा रहेको उक्त गीत टेक घिसिङको आवाजमा रहेको छ भने एरेन्ज गोपाल रसाइलीले गरेका छन् ।
गीतकार रमेश नेपालीको प्रेमिल शब्दहरुको ‘ओ मेरी भ्यालेन्टाइन‘’ गीतको म्युजिक भिडियो आईतबार साँझ सार्वजनिक भएको हो ।
राम कुमार घिसिङद्वारा निर्देशित उक्त रोमान्टिक गीतको म्युजिक भिडियोमा अभिनेता राम कुमार घिसिङ तथा अभिनेत्री सुनिता दोङले रोमान्स गरेका छन् ।
विभिन्न स्थानका आकर्षक लोकेशन कैद गरिएको भिडियोलाई विजय लामाले छायाङ्कन गरेका छन् भने उक्त भिडियोलाई विश्वास भण्डारीले सम्पादन गरेका छन् ।