तामाङ समाज कतारले सोनाम ल्होछार २८५५ भव्यताको साथ मनायो

दोहा : अन्तराष्ट्रिय क्षेत्रमा ल्होछार मनाउने क्रममा नेपाल प्रवासी तामाङ समाज कतारको प्रथम ऐतिहासिक ल्होछार कार्यक्रम भएको छ । २८५५औं सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम सभ्य भव्य रुपमा उदाहरणिय बनेको छ ।
सन् २००५ मा कतारमा स्थापित नेपाल प्रवासी तामाङ समाज कतारले ८ फेब्रुअरीको दिन कतार स्थित अम्वाज क्याम्पको मैदानमा महोत्सवको रुपमा ल्होछार मनाएको छ ।
ल्होछार कार्यक्रममा संगीतकार तथा गायक आर बि लामा, लोकप्रिय गायक सुरेस लामा, म्हेन्दोमाया गायक चिजा लामा(लेकाली), गायिका जितु लोप्चन लगायतले दम्दार प्रस्तुती दिएका थिए ।
ल्होछारको अवसरमा तामाङ समाज कतार, म्हेन्दोमाया समाज कतार, नेपाल तामाङ कलाकार संघ कतार, ओखलढुंगा(बलखु तामाङ युबा समुह कतार लगायतले जातीय पोशाक र साँस्कृतिक डम्फु नाच, म्हेन्दोमाया नाच, माने दोरा नाच, लामा नाच, झाँकी नाच सहित अन्तराष्ट्रिय रुपमा ऐतिहासिक कार्यक्रम भएको थियो ।
तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष शिव भुजेल प्रमुख अतिथि थिए ।
यस्तै, एनआरएनए एनसिसी कतारका कार्यबाहक अध्यक्ष तेज कटुवाल, प्रदेश नम्बर तीन समन्वय परिषद कतारका अध्यक्ष समीर केसि लगायत कतारमा स्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए ।
इन्द्र कुमार पाख्रिन / याम्बुटाइमबाट