पोर्चुगलमा सोनाम ल्होछार २८५५ भव्यताको साथ सम्पन्न

तामाङ समाज पोर्चुगलले सोनाम ल्होछार २८५५ फाग / ड्वा ल्होको पावन अवसरमा ल्होछार सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम जिनाजियो हल आन्जुस, लिस्बनमा भव्यताको साथ सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष सुनिता ब्लोन तामाङको अध्यक्षतामा भएको ल्होछार कार्यक्रम लामा गुरु बाट शान्ति पुजा गरी कार्यक्रमको शुभराम्भ गरेका थिए |
उपस्थित महानुभावहरुको लागि सल्लाहकार मीना स्याङ्तान तामाङले स्वागत मन्तव्य राखेको थिए |
लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टाशी लामा मोक्तान, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलका अध्यक्ष कुबेर कार्की, नेपाल आदिवासी जनजाती महासंघ पोर्चुगलका अध्यक्ष राजेन्द्र शेर्पा, रमेशकुमार गुरुङ, नरेन्द्रबहादुर हमाल, पेम्बा शेर्पा, अनिता मोक्तान, मीना खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपालबाट आमन्त्रित कलाकार द्वय निर्मला घिसिङ तामाङ र विरु लामा तामाङ , स्थानीय नेपाली कलाकारहरु शशी लामा तामाङ, मेघ लामा तामाङ, पूर्ण तामाङ, मनु पाख्रिन तामाङ, प्रितु योञ्जन तामाङ लगायतले समेत आ-आफ्ना प्रस्तुति राखेका थिए ।
कार्यक्रम विपीन तामाङ,प्रदिप थिगं तामाङ र सुनिल तामाङले संचालन गरेको थिए ।