इजरायलका राष्ट्रपति समक्ष नवनियुक्त राजदुत अन्जान शाक्य द्वारा ओहदको प्रमाण पत्र पेस

तेलअविव – इजरायलको लागि नवनियुक्त नेपाली महामहिम राजदुत डा. अन्जान शाक्यले आज इजरायलका राष्ट्रपति रियूवेन रिवलिन समक्ष राजदुत ओहदको प्रमाण पत्र हस्तान्तरण गर्नु भएको छ |

H.E Dr. Anjan Shakya presented her credential to H. E President of Israel Reuven Rivlin amidst a ceremony at President’s Residence
राष्ट्रपतिको भवनमा एक औपचारिक कार्यक्रम गरी ओहदको प्रमाण पत्र पेस गरेको नेपाली दुतावास इजरायलले फेसबुक मार्फत जानकारी दिएको छ |
को हुन् महामहिम डा .अञ्जान शाक्य ?
इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा १ अनुसार शाक्यलाई राजदूत नियुक्त गरेकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि शाक्यलाई राजदूत नियुक्ति गर्ने बाटो खुलेको थियो ।
इजरालयका लागि नेपाली राजदूतमा बनेकी शाक्यले व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी छन्। शाक्यसँग परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशक भएर काम गरेको अनुभव छ।
सँगै उनले अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष भएर काम गरेकी छन्। परराष्ट्र मामिलामा सक्रिय शाक्य नेपाल ओमेन च्याम्बरको अध्यक्ष भएरसमेत काम गरेकी छन्।
उनले ‘नेपाल चाइना रिलेशन’, ‘नेपाल इण्डिया रिलेशनल’लगायत पुस्तकको सम्पादन गरेकी छन्। शाक्यसँग लामो समय पद्मकन्याा कलेजमा प्राध्याापन गरेको अनुभवसमेत छ।
शाक्य चर्चित गायिका समेत हुन्। उनले ‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सँधै आफू भन्दा’ बोलको चर्चित गीत आएकी छन्। उनी नेपाल टेलिभिजनकी समाचार प्रस्तोता समेत हुन्।