क्यानाडामा सोनाम ल्होछार २८५५ सम्पन्न गर्दै तामाङ संस्था गठन

तामाङअनलाइन – क्यानाडाको टोरान्टोमा तामाङहरु भेला भएर सोनाम ल्होछार २८५५ फाग / ड्वा ल्हो सामुहिक रुपमा मनाएको छ |
भेलामा उपस्थित मध्ये जेष्टता डेरिक मोक्तान तामाङले दिप प्रज्ज्वलन गरी ल्होछारको शुभकामान आदानप्रदान गरेका थिए |
सोनाम ल्होछारको अवसरमा तामाङहरु बिच भेटघाट तथा परिचय गर्ने उद्धेश्यका साथ भेलाको आयोजन गरी सोनाम ल्होछार मनाएको हो |
तामाङ समुदायको भाषा ,धर्म,भेषभुषा तथा कला संस्कृति र परम्परालाई निरन्तर दिदै तामाङ समुदायको पहिचान को लागि सम्पूर्ण तामाङहरु एकै थलोमा भेटघाट गर्ने माध्याम नभएकोले भेलाको आयोजन गरी ल्होछार मनाएको हो |
भेलामा उपस्थित महानुभावहरु बिच छलफल र सरसल्लाह अनुसार राजन तामाङको संयोजकत्वमा “तामाङ समाज क्यानाडा (Tamang society of canada) स्थापना गर्दै तदर्थ समिति गठन गरिएको छ | समितिको उपसंयोजकमा बिनु लामा तामाङ,सदस्यहरुमा डेरिक मोक्तान तामाङ,सबिता लोप्चन तामाङ,कमल माम्बा तामाङ,युवेस मोक्तान तामाङ,माया मोक्तान तामाङ,उर्मिला लामा तामाङ,शर्मिला तामाङ,सिता तामाङ,उर्मिला तामाङ,सिता लामा,सिद्धार्थ तामाङ, संजिव तामाङ,अनु लामा तामाङ,अम्बिका लामा तामाङ र शोभा तामाङ रहेका छन् |
तदर्थ समितिले क्यानाडा रहेका सम्पूर्ण तामाङहरुलाई सम्पर्क गरि संस्थामा आवद्ध गर्दै सकेसम्म छिटै प्रथम अधिवेशन गर्ने र हालको लागि संस्थाको नाम “तामाङ समाज क्यानडा” राखेपनि प्रथम अधिवेशनको बन्दशत्रबाट जुनसुकै उपयुक्त नाम राख्न खुल्ला राखेको उपसंयोजक बिनु लामा तामाङले तामाङ अनलाइनलाई जानकारी दिनु भएको छ |