इजरायलबाट लगानी संकलन गरी शेयर प्रमाणपत्र नदिएको गुनासो रबि लामिछामे समक्ष पुग्यो

लिवियाको जेलबाट छोराको पत्र-कतारबाट बुबा आँसु झार्दै लाइभ, अवैध फार्मेसीहरुको स्टिङ अपरेसन ! (भिडियो)
काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३३७ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै कार्यक्रममा विभिन्न विषयमा विभिन्न ब्यक्तित्वहरुसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।
कार्यक्रमको आजको एपिसोडमा निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः
१. वीर अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतले गरे टिभी जर्नलिष्ट माथि दुव्र्यवहार
काठमाडौं । वीर अस्पतालमा सुचना, फेलेक्स र ब्यानर टाँस्ने काम गरेका अजय थापाले वीर अस्पताल प्रशासनले हिसाब किताबको फाइल नै गायब बनाएर आफ्नो २ लाख ५० हजार रुपैँया भुक्तानी नपाएको भन्दै कार्यक्रममा फोन मार्फत लाइभ गुनासो गरेका थिए ।
उनको गुनासोपछि हामीले यस बिषयमा फलोअप ग¥यौं । हामीले फलोअप गर्न थालेपछि वीर अस्पतालको लेखाशाखामा गायब भएको उनको फाइल भेटियो ।
२. चोक चोकमा खोलिएका फार्मेसीलाई कसले नियमन गर्ने ?
काठमाडौं । काठमाडौ नयाँ बसपार्क क्षेत्रका अधिकांश फार्मेसीहरु बिना दर्ता तथा औषधि बेच्न त्यस सम्बन्धी ज्ञान नभएका व्यक्तिले सञ्चालन गरिरहेको पाइएको छ । नयाँ बसपार्कमा रहेको रामेछाप फार्मेसीमा कक्षा १० सम्म मात्रै पढिरहेको व्यक्तिले औषधि मात्रै बेच्दैनन्, बिरामीको चेक जाँच समेत गर्छन् ।
३. ढुंगा फुटाएको पैसा पाए त रोल्पाका कामदारहरुले ?
काठमाडौं । गएको कार्यक्रममा रोजगारीका लागि रुकुमबाट काठमाडौं आएका ७ जना रोल्पालीहरुले आफूले काम गरेको पैसा नपाएपछि न्यायका लागि काठमाडौंमा भौतारिरहेका देखायौ ।
काभ्रे च्यासिखर्कका अमृत लामाको ढुंगाखानीमा उनीहरु ३५ दिन काम गरेका थिए । पैसा दिनुको सट्टा उनीहरुको रासन पानीनै रोकेर धम्की दिएपछि उनीहरु हिँड्दै काठमाडौं आएका थिए ।
४ . इजरायल
इजरायलबाट मगर क्रियशन इन्भेस्टमेन्ट कम्पनीले कसैको नाममा शेयर किर्ते र कसैलाई शेयर प्रमाण पत्र नदिएको , लगानी फिर्ता गर्छु भन्नेलाई दिएको चेक ३ पटक सम्म बाउस भएको बिष्णु पुन मगरको गुनासो |
पुरा भिडियो