सोनाम ल्होछार कार्यक्रमको लागि गायक प्रेम लोप्चन र रोशन फ्युबा इजरायल प्रस्थान

काठमाडौं – नेपाल तामाङ घेदुङ इजरायल द्वारा आउँदो फेब्रुअरी ८ तारिख शुक्रबार आयोजित मन्जुश्री सम्वत् सोनाम ल्होछार २८५५ फाग / ड्वा ल्हो सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट चर्चित सेलो गायक प्रेम लोप्चन तामाङ र म्हेन्दोमाया गायक रोशन फ्युबा तामाङ ,आज काठमाडौंबाट इजरायल प्रस्थान गर्नु भएको छ |
इजरायलमा तामाङहरुले सन् २०१० देखि सोनाम भव्यताको साथ मनाउदै आईरहेको छ | यसपालिको ल्होछार साँझ कार्यक्रम बिगतको झैँ सभ्य र भव्यताको साथ मनाउने सबै तयारी पुरा भएको पुरा भएको घेदुङ इजरायलको अध्यक्ष अनिता तामाङले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |
इजरायलमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई ल्होछार कार्यक्रममा उपस्थितको लागि हार्दिक अनुरोध गरेको छ |