हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

तामाङ सोसाइटी अफ न्युयोर्कले २८५५ सोनाम ल्होछार भव्यताको साथ सम्पन्न

न्युयोर्कबासी तामाङ समुदायले आफ्नो सबै भन्दा ठुलो सांस्कृतिक पर्व सोनाम ल्होछार २८५५ (नयाँ वर्ष) विभिन्न कार्यक्रमका साथ गुलशन टेरेश ढाका क्लबमा शनिवार मनाएका छन् ।

तामाङ सोसाइटी अफ न्यु योर्कले दिउसो १ बजे देखि लामा गुरुबाट विशेष पूजा गर्दै शुरु गरेका ल्होछार पर्व पहिचान सहितको भेषभुषामा सजिएर घर घरबाट बनाएर ल्याएको परिकारहरु एकै ठाउमा बसेर खादै मौलिकता झल्कने सांस्कृतिक कार्यक्रम सहित नया पिडीहरुलाई आफ्नो चाडको जानकारी गराउदै शुभकामना पनि साटासाट गर्दै सोनाम ल्हो (नयाँ) छार (वर्ष) मनाएका थिए।

ल्होछारको औपचारिक कार्यक्रम वेलुकी ७: बजे बाट जनजाति महासंघ अमेरिका (फिप्ना) अन्तर्गत रहेको १७ वटा जातिय संस्थाकाहरुको आधिकारिक सहभागिता र सहयोग सहित न्युयोर्क राज्यमा कृयाशिल संघ संस्था र राजनैतिक संगठनहरुको समेत विशेष उपस्थितिमा शुरु भएको थियो ।महा वाणिज्यदुत पुष्पराज भट्टराई, तामाङ समाज उत्तर अमेरिकाका अध्यक्ष लक्यान लामाले औपचारिक कार्यक्रम उद्घाटन गर्नु भै सके पछि नेपाल र अमेरिकाको राष्ट्रीय गान बजाउदै मातृ भुमी र कर्म भुमीलाई सम्मान गर्दै शुभकामना शुरु भएको थियो । ल्होछार कार्यक्रम संयोजकले स्वागत मन्तव्य पश्चात शुभकामना दिने क्रममा तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामाले “विश्वभरी नै पहिचानको मुद्दालाई अघि सार्दै ल्होछार मनाइरहेको बताए” जनसङ्ख्याका हिसाबले नेपालमा ५ औँ स्थानमा भए पनि तामाङ जातिले राजनीतिक, सामाजिक, सांस्कृतिक अधिकार पाएका छैन, उनले भने, ‘त्यही भएर तामाङ जाती राजनीतिक, शैक्षिक लगायतका क्षेत्रमा पछि परिरहेका छन् । राजनीतिक अधिकार प्राप्त गर्न पहिचान सहितको अधिकार चाहिन्छ ।’ उनले राज्य नयाँ संरचनामा गइरहेको बेला अमेरिकामा रहेका तामाङ यहाँ मात्र सीमित रहनु नहुने बताए । ‘राजनीतिक सामाजिक र पहिचानका मुद्दा कसरी अगाडि बढाउन सकिन्छ भन्ने अभिपप्रायका साथ नर्थ अमेरिका गठन भएको हो र यही अभियानमा लागि परेको बताउनु भयो। जब कुनै नौलो अनि परिवर्तनशिल अभियानको थालनि हुन्छ त्यहा साना तिना समस्या भै हाल्छ तर ती समस्याको भुमरीमा परेर बस्नु या अल्झिनु हाम्रो लागि घातक सावित भहुनेछ यसर्थ हामी यस्ता झिना मसिना कुरामा हैन दुरगामी सोच सहित अघि बढेका छौ ।
यदि कसै संग दुरगामी सोच सहित समाज परिवर्तनको अभियानमा लाग्ने चाहाना छ भने सहि ट्रेन समाउनु पर्छ त्यो सहि ट्रेनको स्टेशन तामाङ सोसाइटी अफ न्यु योर्क हो भने त्यो ट्रेन तामाङ सोसाइटी अफ नर्थ अमेरिका हो । यसैले समयमा नै यो ट्रेन समाउनुस नत्र ट्रेन छुट्छ । भन्दै कडा रुपमा प्रस्तुत भएका थिए । मन्तव्यकै क्रममा योजना अनि भाषण ठुल्ठुला तर काम केही नगर्ने अनि दिवा सपना देख्नेहरुलाई एक दिन मेन्टल हस्पिटलमा भेट्नु पर्ने दिन धेरै टाढा नभएको भन्दै शुभकामनालाई छोटाएका थिए ।

कार्यक्रममा जनजाति महासंघका बरीष्ठ उपाध्यक्ष राज कुमार विष्ट, एनआरएन आईसीसी नर्थ अमेरिका सह संयोजक नविन शेरचन, हिमालयन बुदिष्ट कम्यूनिटीका अध्यक्ष छेपक गुरुङ , जनसम्पर्क समिती केन्द्रीय अध्यक्ष आनन्द विष्ट, प्रवासी मंच अमेरिका केन्द्रीय वरीष्ठ उपाध्यक्ष टेक गुरुङ र संघिय नेपाली समाज अमेरिकाका केन्द्रीय अध्यक्ष समिर महर्जन विशेष अतिथि थिए ।

सोही कार्यक्रममा तामाङ सोसाइटी अफ उत्तर अमेरिका केन्द्रीय समितीले ल्याएको आपत विपत कोषमा किरात याक्थुम चुम्लुङ सोसाइटी अमेरिकाले $५०० डलर सहयोग सहित संस्थापक सदस्य बनेका थिए । कार्यक्रममा नेपाल सरकारका प्रतिनिध एवं महावाणिज्य दूत पुष्पराज भट्टराईले शुभकामना मन्तव्य दिएका थिए ।अध्यक्ष गोमा योञ्जन तामाङ ले कार्यक्रम सफल बनाउन पाल्नु हुने अतिथिगन हरुका साथै सम्पुर्ण उपस्थितीलाई धन्यवाद प्रकट गर्नु हुदै यति धेरै सहभागि हुनाले हौसला बढेको भन्दै औपचारिक कार्यक्म समापन गर्दै संस्कृति कार्यक्रम शुरु गरेका थिए । हल पुरा भरिएर टिकट लिई सकेकालाई भित्र छिराउन आयोजकलाई समस्या परेको थियो । ६०० भन्दा बढि उपस्थित रहेरको कारण उभिन समेत ठाउ रहेको थिएन । धेरै भिडका कारण कार्यकर्म राम्रै भए पनि धेरैले हल चॉडै छाडेका थिए । युवा र महिलाहरुको सकृयता बढि देखिन्थियो । कार्यकर्म राम्रो भएको कारण अनि भिडका कारण सिट कसैले छाड्न मानेका थिएन ।यसरी नया ईतिहॉस रच्दै ल्होछार सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम सचिव दीपेन्द्र लामा र सांस्कृतिक कार्यक्रम युथ सदस्य छिरि योन्जन र सरु वाईबाले संचालन गरेका थिए । साना साना बावुहरु समेत भेषभुषामा सजिएर नृत्य प्रस्तुत गरेर साच्चीनै ल्होछारको बातावरण बनाएका थिए |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution