हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

जापानमा तामाङ सोसाइटी नागोयाको सोनाम ल्होछार२८५५ कार्यक्रम भव्य रूपमा सम्पन्न

जापान । नेपाल तामाङ सोसाइटी जापान नागोयाले २८ सय ५५औं ‘सोनाम फा ल्होछार’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रमबाट उठेको केही रकम क्यान्सर पीडितलाई सहयोग गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्बूले कार्यक्रमको प्रमुख अतिथि ग्रहण गरेका थिए । अहिलेको सरकारले जनजातिहरुलाई भेदभाव गरेको र जनजातिहरुको राष्ट्रिय पर्वमा समेत बिदा कटौती गरेको प्रति आदिवासी जनजाति महासंघ जापानले पनि त्यसको विरोध गरेको उनको भनाइ छ ।

कार्यक्रमका विशेष अतिथिमा पूर्व–अध्यक्ष एनआरएनए जापान तथा एसिया प्यासिफिकका उप–संयोजक पारसमणि पोख्रेलले १५ वर्षे जापानको अनुभव सुनाए । त्यसैगरी, कार्यक्रमका अतिथिका रूपमा युवा संचारकर्मी राम तामाङको पनि उपस्थिति थियो । स्वागतस्वरुप पेमा तामाङ र समिर तामाङले तामाङ सेलो गाएर सांस्कृतिक कार्यक्रमको सुरुवात गरेका थिए । यसैगरी, कलाकारहरू छवि लामा, सम्झना लामा, मार्संग लामा, शान्ति लामा र जनक थोकर लागायतका कलाकारहरुको बेजोड प्रस्तुति दिएका थिए ।

साथै तामाङ सोसाइटी जापान नागोयाले आयोजना गरेको ‘सोनाम ल्होछार’ स्पेसल फोटो प्रतियोगितामा विजेता बन्न सफल भएकी सिरिशा लामालाई पनि उपहारस्वरूप नगद रु. १० हजार (दश हजार) जापानी ऐन प्रदान गरिएको थियो । सिरिशाले अन्य ४५ जना प्रतिस्पर्धीलाई पछि पार्दै फोटोमा ४२ हजार लाइक र ३५ हजार ४०० सेयर बनाउन सफल भइन् । तामाङ सोसाइटी जापान नागोयाको अध्यक्ष संजय मेंदोलाको सभाध्यक्षमा कार्यक्रम सम्पन्न गरेका थिए ।



(Next News) »



शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution