हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

न्युयोर्कमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न

न्युयोर्क ।  तामाङ समाज अमेरिकाको आयोजनामा न्युयोर्कमा भव्य रुपमा २८५५ सोनाम ल्होछार सम्पन्न भएको छ।

नेपाली महाबाणिज्यदुतवासका वाणिज्यदुत कृष्ण कुमार सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न सोनाम ल्होछारमा न्युयोर्क शहरका काउन्सिलमेन कोस्टा कोन्सटान्टिनिडिज विशेष अतिथि थिए । प्रमुख अतिथि सुवेदीले छोटो समयमा तामाङ समाज अमेरिकाले धेरै रचनात्मक सामाजिक कार्यहरु सम्पन्न गरेर नेपाली डायस्पोरामा प्रमुख भूमिका निर्वाह गरेकोमा मुक्त कण्ठले प्रशंसा गरे । दोश्रो पुस्तालाई नेपाली र तामाङ भाषाबाट शिक्षित गर्ने कार्यक्रम तामाङ समाज अमेरिकाले संचालन गरेर आफ्नो मौलिक भाषाको प्रवर्द्दन गर्ने कार्य प्रवासमा गरिनु अत्यन्तै सराहनीय रहेको उसले बताए

काउन्सिलमेन कोस्टा कोन्सटान्टिनिडिजको विशेष सहयोगमा न्युयोर्क शहरमा “माउण्ट एभरेस्ट वे” को नामाकरणको घोषणा सभा शीघ्र भविष्यमा गरिने भनेर उसले ल्होछार कार्यक्रमको मंचबाट औपचारिक घोषणा गरे । विशेष अतिथि काउन्सिलमेन कोस्टा कोन्सटान्टिनिडिजले आफू नेपाली समुदायबाट अत्यन्तै प्रभावित भएको र नेपाली समुदायको लागि न्युयोर्क शहरमा स्थानीय सरकारबाट उपलब्ध गराउन सकिने हरेक सहयोगहरु उपलब्ध गराउन आफू सधै तयार रहेको उसले बताए । संघीय सरकार आप्रवासीहरुको हकमा प्रतिकुल देखिए तापनि न्युयोर्कको स्थानीय सरकार आप्रवासीहरुलाई सधै न्यानो स्वागत गरिरहने उसले बताए ।

तामाङ समाज अमेरिकाका सल्लाहकार भोजराज थोकरले तामाङ समाजले कर्मभुमिमा आफ्नो पहिचानलाई स्थापित गर्दै आफ्नो मौलिकतालाई निरन्तरता दिएकोमा खुलेर प्रशंसा गरे ।

नेपालको नुवाकोट जिल्लामा ट्रक दुर्घटनाबाट पिडित परिवारलाई १ लाख ४० हजार सहयोग गरेको तथा दोलखा र रामेछाप जिल्लाको पवित्र धार्मिक एवं ऐतिहासिक तिर्थस्थल शैलुंग डाँडामा बोधी चैत्य निर्माणको लागि ५ लाख रुपैया चन्दा सहयोग उपलब्ध गराउने जस्ता अनेकन कार्यहरु सम्पन्न गरेर तामाङ समाज अमेरिकाले सामाजिक सेवाको क्षेत्रमा उल्लेखनीय योगदान गरेको चर्चा गरे । त्यसैगरेर आफ्नो दोश्रो घर मानिने कर्मभुमि अमेरिकामा हाम्रो दोश्रो पुस्तालाई नेपाली र तामाङ भाषाबाट शिक्षित गराउनु अत्यन्तै खुशीको कुरा भएको उसले बताए ।

सामाजिक र मानवीय क्षेत्रमा मात्र नभएर स्थानीय मुलधारमा तामाङ समाज अमेरिकाका संरक्षक लुईसाङ वाईबा तामाङ स्थानीय एल्म्हर्स्ट हस्पिटलको कम्युनिटी एडभाइजरी बोर्डमा नियुक्ति हुनु तामाङ समाज अमेरिकाको लागि अर्को महत्वपूर्ण उपलब्धि भएको उसले बताए ।

कार्यक्रमको अध्यक्षता गरेका तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले जन्मभुमि र कर्मभुमि दुवै ठाउँमा तामाङ समाज अमेरिकाले महत्वपूर्ण सहयोगहरु गरिरहने बताइन् । सामाजिक विकासको लागि तामाङ समाज अमेरिका सधै क्रियाशील रहिरहने र तामाङ समुदायको सशक्तिकरणको लागि मात्र नभएर डायसपोराका सिंगो नेपालीहरुको सशक्तिकरणको लागि समेत तामाङ समाज अमेरिका सक्रिय रहेको उनले बताइन् । डायस्पोरामा नेपालीहरुको पहिचानलाई स्थापित गराउन तामाङ समाज अमेरिकाले भविष्यमा महत्वपूर्ण कार्यक्रमहरु संचालन गर्ने र अन्य संघ संस्थाहरुसंग रचनात्मक उद्देश्यको लागि हातेमालो गरेर अगाडि बढ्ने उनले बताइन् ।

ल्होछार कार्यक्रम दिउँसो ४ बजे देखि मौलिक परम्परा अनुसार लामा गुरुहरुबाट पूजाआज गरेर प्रारम्भ भएको थियो भने साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरेर समापन गरिएको थियो । तामाङ संगीतलाई प्रवर्द्दन गर्ने उद्देश्यले विभिन्न कलाकारहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । त्यसैगरेर तामाङ समाज अमेरिकाको नेपाली (खस) र तामाङ भाषा शिक्षा परियोजना अन्तर्गत नाङ्साल स्कुलका स-साना विधार्थी भाइबहिनिहरुले नेपालको राष्ट्रिय गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा अमेरिकाको राष्ट्रिय गीत पनि बजाइएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले दियो बालेर गरेका थिए । संस्थाका महासचिव बुद्दीमान तामाङले कार्यक्रम संचालन गरेका थिए भने वरिष्ठ उपाध्यक्ष ब्रजेश लामाले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा ४५० जनाको उपस्थिति रहेको आयोजकले बताएका छन् ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution