साईप्रसमा २८५५ साेनाम ल्हाेछार भव्यताका साथ सम्पन्न

साईप्रस ।नेपाल तामाङ घेदुङ साईप्रसले ‘तामाङ भाषा, धर्म ,संस्कृति र परम्पराको संरक्षण गरौं,२८५५ औ सोनाम ल्होछार फाग डुवा ल्हो (सुँगुर बर्ग) भव्यताका साथ सफल पारौं !’ भन्ने नाराका साथ ल्हाेछार कार्यक्रम सम्मपन्न गरेकाे छ ।
साईप्रस घेदुङका अध्यक्ष साङमो थोकर तामाङको सभापतिमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि साइप्रसका लागि नेपाली कन्सुलर डा. रामजीवन पिञ्जयारले गरेका थिए । कार्यक्रममा विशेष अतिथिको रुपमा गैर आवासीय नेपाली संघका अध्यक्ष सुबास मल्ल र अतिथि हरु मा साईप्रस रहेका विभिन्न सङघसन्स्थाका अध्यक्षहरु रहेका थिए ।
कार्यक्रममा नेपालबाट पहिलो नेपाल आइडल गायक बुद्ध लामा, म्हेन्दोमाया तथा सेलो गायक सुमन घलेले भरपुर मनाेराेञ्जन दिलाएका थिए ।
कार्यक्रममा निवर्तामान नानु गोम्जा तामाङ ,नेपाल आइडल गायक बुद्ध लामा, म्हेन्दोमाया तथा सेलो गायक सुमन घले लगायत लाई सम्मान गरेका थिए |
‘विदेशी भूमिमा रहेतापनि आफ्नो धर्म संस्कृति, भाषा र देशको असाध्यै माया लाग्छ ।’ घेदुङका अध्यक्ष साङमो थोकरले भने, ‘हामी जहाँ, जस्तो अवस्थामा भएतापनि नेपालको माया मुटुभित्र सजाएर राखेका छौं ।’ यसर्थ सोनाम ल्होछार राष्ट्रिय पर्वकाे रूपमा साईप्रसमा पनि मनाउन सफल भयाैं ।
कार्यक्रम सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले भरपुर रुपमा सहयोग पाएकोमा उनले खुशी समेत व्यक्त गरेकी छिन् । कार्यक्रममा घेदुङका सचिव सुनिला दोङको सञ्चालन गरेका थिए ।