हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजको शुभकामना आदनप्रदान तथा वृहत् सांस्कृतिक ल्होछार महोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं -ह्याङ्ला दोलखा काठमाडौं तामाङ समाजले शनिबार २०७५ माघ १९ गते २८५५ औ फाग / ड्वा ल्हो (सुगुर बर्ष) सोनाम ल्होछार-२०७५ मनाएको छ ।

सोनाम ल्होछारको अवसरमा समाजले शुभकामना आदनप्रदान तथा वृहत् सांस्कृतिक ल्होछार महोत्सव कार्यक्रम गरेको हो । काठमाडौंको चावाहिल स्थित नवदुर्गा पार्टी प्यालेसमा भएको उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता एबं प्रतिनिधि सभा सांसद झलनाथ खनालको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तैगरि बिशिस्ठ अतिथिमा भुमिसुधार कृषि तथा सहकारी विकास मन्त्री धावादोर्जे लामा तामाङ हुनुहुन्थ्यो, विशेष अतिथिमा प्रतिनिधी सभा सदस्य पार्वत गुरुङ, पुर्ब मन्त्री आनन्द प्रसाद पोखरेल, पुर्ब मन्त्री तथा नेकपा नेता हित बहादुर तामाङ, शान्ति पाख्रिन, प्रदेशसभा सदस्य बिशाल खड्का, डिएन शेर्पा, हिमाली गोले, नेता जितविर लामा तामाङ रहेको थियो भने शंखर लामा, बर्मा लामा, नर पाख्रीन, थिरबहादुर तामाङ, हिरा थोकर, फुर्बा मोक्तान, लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सभापति ह्यङ्ला दोलखा काठमाडौं तामाङ समाजका अध्यक्ष सरोज मोहन लामा (मोक्तान) रहनुभएको थियो भने कार्यक्रमको संचालन संस्थाको महासचिव छेवाङ तेन्जिङ लामा, सचिब सुरेश कुमार पाख्रीन र महिला सदस्य डोमा घिसिङ तामाङले गर्नुभएको थियो ।

स्वागत मन्तब्य कार्यक्रम संयोजक तथा संस्थाको कोसाध्यक्ष मीन बहादुर जिम्बा तामाङले दिनुभएको थियो । सो कार्यक्रममा बोल्दै नेकपाका सभासद खनालले भने तामाङ जाती खासगरि नेकपा एमालेको तर्फबाट धेरै लामो समयदेखि हामीले सरकारमा अथवा क्याविनेटमा पुर्याउन सकिरहेका थिएनौ तर यो बिचमा बनेको सरकारले हामीले सेरबहादुर तामाङलाई मन्त्री बनायौँ तर दुर्भाग्यवश उहाँकै मुखबाट केही कुराहरू रड्किन गए त्यसले गर्दा उहाँले राजिनामा दिनुभयो तर फेरि म के भन्न चाहान्छु भने उहाँको बोली रड्किन गएको हो तर उहाँको मुखले गलत कुरा बोल्नुभएको छैन त्यसकारण फेरि उहाँलाई मन्त्री पद दिनुपर्छ तामाङ जातीको भावनालाई सम्मान गर्नुपर्ने बताउँदै वास्तवमा सबै जातीका जनताको हकअधिकारको सुनिश्चितता हुनुपर्छ तब मात्र देश समृद्ध तर्फ ढल्किने बताउदै ल्होछारको शुभकामना दिएका थिए ।

त्यस्तै कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरु द्वारा ह्याङ्ला नाचगान, तामाङ झाक्री प्रहसन नाच, हास्यब्यङ्गे, विभिन्न गीत संगीत, झाँकी तथा विशेष तामाङ सेलोको दमदार प्रस्तुति पस्किएका थिए। साथै तामाङ खाना, तामाङ भेषभुसा तथा तामाङ बाध्यबादन प्रदर्शन गरिएको थियो । साथै संस्थाको स्थापना काल देखि आर्थिक, भौतिक, नैतिक सबै प्रकारका सहयोग गर्नुहुने सामजसेवी, बुद्धिजीवी, कलाकार, पत्रकार, संघ/संस्था आदिलाई सम्मान पत्र तथा प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution