क्यानाडामा तामाङहरु भेला हुदै , घेदुङ गठन गर्ने तयारी
काठमाडौं – तामाङ समुदायको महान राष्ट्रिय पर्व सोनाम ल्होछार २८५५ फाग / ड्वा ल्होको पावन अवसरमा देशबिदेशमा ल्होछार साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान धामधम भईरहेको छ |
यसै क्रममा क्यानाडामा बसोवास गरेका तामाङहरु पहिलोपटक एकै ठाउँमा भेला भएर सोनाम ल्होछारको शुभकामना आदानप्रदान संगै “नेपाल तामाङ घेदुङ, क्यानाडा” गठन गर्ने तयारीमा जुटेका छन् |
भेलाको लागि आव्हान गर्दै सूचना सार्वजनिक गरेका छन् | भेलामा सहभागीहरुको नामावली तिब्र रुपमा संकलन भईरहेकोले उपस्थितहरुको संख्या अनुसार नर्थयोर्क टोरोन्टो ,क्यानाडामा कार्यक्रम स्थल/हल तय गरिने क्यानडाबाट बिनु लामा तामाङ र माया तामाङले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |
*****
सूचना !सूचना !! सूचना !!!
लास्सो / फ्याफुल्ला
क्यानाडामा बसोवास गर्नु हुने सम्पूर्ण तामाङ नाना / आङ तथा ज्यो ज्यो/आलेहरुलाई तामाङ समुदायको महान राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८५५ फाग / ड्वा ल्होको पावन अवसरमा “ल्होछार शुभकामना आदानप्रदान” संगै “नेपाल तामाङ घेदुङ क्यानाडा” गठन गर्ने उद्धेश्यका साथ भेलाको आयोजन गरिएको हुदा निम्न मिति , स्थान र समयमा उपस्थितको लागि हार्दिक अनुरोध गर्दछौ |
मिति : 9th फेब्रुअरी 2019 (शनिबार)
समय : दिउसो २ बजे देखि ५ बजे सम्म
स्थान: नर्थयोर्क टोरोन्टो ,क्यानाडा
सम्पर्क फोन नम्बरहरु :
बिनु तामाङ (647)9723405
माया तामाङ (437)9841175
सिता तामाङ (647)9799257
उर्मीला तामाङ (647)8646859