हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

यूएईमा नेपालको ऐतिहासिक जित, टी ट्वान्टी सीरिज पनि कब्जा

काठमाडौं। यूएईलाई अन्तिम तथा तेस्रो टी ट्वान्टीमा १४ रनले पराजित गर्दै नेपालले आइतबार ऐतिहासिक जित हात पारेको छ । यो जितसँगै नेपालले तीन टी ट्वान्टी खेलको सीरिज २–१ ले जितेको हो । नेपालले टी ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएपछि यो पहिलो सीरिज जित हो ।

यो जितसँगै नेपालले यूएई भ्रमणलाई ऐतिहासिक बनाएको छ । यसअद्धि एकदिवसीय सीरिज जितेको नेपालले टी ट्वान्टी सीरिज पनि जितेको हो । पहिलो खेलमा बिहीबार पराजित भएको नेपालले शुक्रबार र आइतबार लगातार दुई खेलमा जित निकाल्दै सीरिज कब्जा गरेको हो ।

आइतबार अन्तिम खेल वार्षले विथोलेपछि १०–१० ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ८ विकेटमा १०४ रन बनाएको थियो । जवाफी ब्याटिंग गरेको यूएईले निवर्धारित १० ओभरमा ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । उसलाई जितका लागि अन्तिम ओभरमा २० र आवश्यक भएकाले बेला ललित राजवंशीले अन्तिम ओभर बलिंग गरेका थिए । उनले लगातार दुई विकेट लिएपछि नेपाल जित निकाल्न सक्षम भयो ।

नेपालका लागि रावंशी, करण केसी र अभिनाष बोहोराले समान २–१ विकेट लिए भने सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए ।

यसअघि युएइविरुद्धको अन्तिम टि–२० मा नेपाली मध्यक्रममा ब्याट्सम्यानको आक्रामक प्रदर्शनपछि नेपालले युएइलाई १०५ रनको बलियो लक्ष्य दिएको छ । वर्षाका कारण झण्डै अढाइ घण्टा ढिलो गरेर सुरु भएको खेल १० ओभरमा छोट्याइएको छ । निर्धारित १० ओभरमा नेपालले ७ विकेटको क्षतिमा १०४ रनको स्कोर खडा गरेको हो । नेपाली ब्याट्सम्यानले कूल ६ छक्का र ८ चौका प्रहार गरे ।

ओपनर पवन शर्राफ शून्यमै आउट भएपछि दबाबमा परेको नेपालले २१ रनको स्कोरमा ज्ञानेद्र मल्ल र दिपेन्द्र सिंह ऐरीलाई पनि गुमाएको थियो । तर, तीन विकेट झरेपछि आएका सन्दिप जोराले कप्तान पारस खड्कासँग ३३ रनको साझेदारी गरे । ५४ रनको स्कोरमा कप्तान खड्का आउट भएपछि विनोद भण्डारीले पनि सन्दिप जोरासँग ३७ रनको साझेदारी गरे ।

नेपालका लागि पारस खड्काले १४ बलमा २९, सन्दिप जोराले ११ बलमा २८, विनोद भण्डारीले १३ बलमा २१, करण केसीले ५ बलमा १०, ज्ञानेन्द्र मल्लले ९ बलमा ११ रन बनाए । युएइका लागि कप्तान मोहम्मद नावेद र सुल्तान अहमदले २ विकेट लिए । आमिर हयात, जहुर खान र मोहम्मद बुटाले १–१ विकेट लिए ।

आजको खेल डकवर्थ लुइस विधिअनुसार १० ओभरमा छोट्याइएको छ । पहिलो टि–२० सिरिज जितेर इतिहास रच्नको लागि नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ । सिरिजका यसअघि भएका दुई खेलमा नेपाल र युएइले एक एक खेल जितेका छन् । यसअघि भएको व डे सिरिज भने नेपालले २–१ ले जितिसकेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution