सोनाम ल्हाेसारमा ३ नम्बर प्रदेश सरकारले बिदा दिने

हेटौडा: प्रदेश नं ३ ले तामाङहरुको सोनाम ल्होछारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।
प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ती जारी गर्दै २२ गते मंगलबार विदा दिने निर्णय गरेको जनाएको हो।
यससँगै ३ नं प्रदेश अन्तर्गतका सरकारी कार्यालयहरु सो दिन बन्द रहनेछ।
यसअघि प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले सोनाम ल्होछारको दिन प्रदेशमा बिदा दिने घोषणा गरी सकेका छन |