हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

ग्रीनलाइफ हाइड्रोपावरको मंगलबारदेखि आइपीओ खुल्ने, कसले पाउँछ आवेदन दिन ?

काठमाडौं :  ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको मंगलबार (माघ २२ गते) देखि १८ लाख कित्ता आइपीओ खुल्ने भएको छ। पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १ अर्ब ८० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो । यसमा दोलखा जिल्लाका गैरिशंकर र विगु गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन् ।

जसमा समूह क, अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ७ मार्बुका बासिन्दालाई ५ लाख ४० हजार कित्ता (३०%) तथा समूह ख, अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ५ सुरी, ६ चंखु, ८ खारे र ९ नं वडाका बासिन्दाका लागि ७ लाख २० हजार (४०%) कित्ता सेयर छुट्याइएको छ ।

यस्तै समूह ग, अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं १ र २ जुगु, वडा नं ३ र ४ झ्याकु र विगु गाउँपालिका वडा नं ४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता (३०%) सेयर छुट्याइएको छ । यसमा फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रमा आवेदन नपरेमा भने फागनु २७ गतेसम्म भर्न सकिनेछ ।

यो आइपीओमा न्यूनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । सेन्चुरी कमर्सियल बैंक सिंगटी र चरीकोट शाखा तथा प्राइम बैंकको जिरी अनि बैतेश्वर शाखाबाट पनि आवेदन दिन मिल्नेछ ।

यस्तै, ग्रीनलाइफको आयोजन स्थलबाटै पनि आवेदन दिन पाइने व्यवस्था गरिएको छ । यसमा बिक्री प्रबन्धकको काम काठमाडौं क्यापिटल मार्केटले गर्नेछ । कम्पनीले आयोजना प्रभावितलाई बिक्री गरिसकेपछि मात्र सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्नेछ  ।

ग्रीनलाइफले हाल दोलखा जिल्लामा ४० मेगावाटको खानीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । ग्रीनलाइफको आइपीओलाई केयर रेटिङ नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution