हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

मक्वानपुरमा ५ दिन अघिबाटै सोनाम ल्होछार मनाउन सुरु

राजेश रुम्बा – यसवर्षको सोनाम ल्होछार आगामि माघ २२ गत्ते भए पनि मक्वानपुरमा भने ५ दिन अघिदेखि नै मनाउन सुरु गरीएको छ । शुक्रवार मक्वानपुरको मनहरीमा स्थानियको बाक्लो उपस्थितिमा भव्य कार्यक्रम गरी ल्होछार मनाएका हुन । प्रदेश नं ३ का सांसद इन्द्र बानियाँको प्रमुख आतिथ्यता तथा सांसद ओम कुमार घलानको विशेष आतिथ्यता रहेको कार्यक्रममा विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनीधि लगायतको सहभागीता रहेको थियो । 

ल्होछार कार्यक्रममा प्रथम नेपाल आइडल बुद्ध लामाले दर्जनौ गित प्रस्तुत गरेका थिए । उनले सानी नरिसाउन लगायत उनका नयाँ गीत गाउदा दर्शकको भिड बाक्लिदै गयो र दर्शकहरुको वान्समोरको हुटिंगले बुद्ध जोसिएका थिए भने कार्यक्रमस्थल संगितमय बनेको थियो । यस्तै अन्य राष्ट्रिय कलाकारहरु इन्दिरा गुरुङ, प्रेम लोप्चन, रियो छमछमीका प्रथम डान्सर सरोज राना प्रजा लगाएत स्थानिय कलाकारहरु समेतको प्रस्तुति रहेको थिए । 

कार्यक्रम सुरु हुनुपुर्व तामाङ भेष भुषासहितका लामा, बोन्बो साथै युवा, वृद्धहरुको झाँकीसहितको र्यालीले मनहरी बजार परिक्रमा गरेको थियो । हरेक वर्ष ल्हो परिवर्तन हुने परम्परा अनुसार यस वर्ष कुकुर वर्गलाई विदाई तथा बँदेल वर्गलाई स्वागत गरी तामाङ समुदायले भव्यरुपमा मनाउने कार्यक्रम गररि मनाउने गर्दछन । नयाँ वर्षका रुपमा मनाईने सोनाम ल्होछार तिथिका आधारमा मनाईने सांस्कृतिक पर्व हो । 

ल्होछारमा एकआपसमा शुभकामना आदानप्रदान गर्ने, आफन्तकहा जाँने, आफुभन्दा ठुलाबाट आशिर्वाद लिने, मिठो मसिनो खाने तथा गुम्बामा पुजापाठ गर्नुका साथै हरेक घरमा नयाँ लुंदर राख्ने गरीन्छ । सिंगो बाँसमा टाँगेर राखिने विभिन्न कलर मिलाएर बनाईएको लामो कपडामा शान्तिका थुपै मन्त्रहरु छापिएको हुन्छ । सो लुंदर घर नजिकै अथवा माने, गुम्वा, विशेष शान्त क्षेत्र, डाडामा राख्दा ति शान्तिका मन्त्र हावाको माध्यमबाट संसारभर पुग्ने धार्मिक विस्वास रहेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution