हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

बौद्धमा चिनियाँ लामा भुपतिबज्रलाई हटाउ अभियान

बौद्ध बचाऔं संघर्ष समितिले चिनीयाँ लामा भुपतिबज्र लामाविरुद्ध संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेका छन् ।

बिहीबार बौद्ध स्तुप परिसरमा पत्रकार सम्मेलन गरी चिनियाँ लामा हटाउने अभियान सुरु गरेको संघर्ष समितिका संयोजक खड्गजित लामाले बताए । समितिले एक बिज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

विज्ञप्तिमा लेखिएको छ– बौद्ध महास्तुप विश्व सम्पदा सूचीमा सुचिकृत एक ऐतिहासिक धार्मिक एवं सांस्कृतिक धरोहर हो । यो अस्तित्व धरोहर तथा विश्वका बौद्ध धर्मावलम्बीहरुको आस्थाको पनि केन्द्रविन्दु हो ।

चिनियाँ लामा नियुक्त भएदेखि बौद्धलाई पेवा ठानी विभिन्न विवादास्पद क्रियाकलापहरू गर्दै आइरहेको संघर्ष समितिका प्रबक्क्ता सम्पूर्णकुमार लामाले बताए ।

सम्मेलनमा भुपतिबज्रले स्वघोषित धर्मगुरु भनी सिंगो बौद्ध जगतको उपहास गर्दै बौद्ध धर्म संस्कृतिको अपमान गरेको बताएका छन् ।

लामा पदमा नियुक्त भएको अढाई वर्ष वितिसक्दा पनि कुनै विकासको कार्यमा अग्रसर नभएको हुँदा उनलाई चिनियाँ लामा पदमा बसिराख्ने कुनै नैतिक अधिकार नभएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

लामाको बर्खास्तीको लागि “हाम्रो अस्तित्वको धरोहर बौद्ध स्तुप जोगाऔं, नक्कली गुरु रिम्पोछे भुपतिबज्र हटाऔ” अभियान थालनी गरेको सम्मेलनमा जानकारी दिए ।

संयोजक लामाका अनुसार भुपतिबज्रले २०४५ सालमै ३ वटा नागरिकता लिएको प्रमाण फेला परेको बताए । उनले भने– ३ वटै नागरिकतामा विवादास्पद रहेको छ । धर्मगुरुको अपमान गरेको आरोप समेत चिनियाँ लामालाई लगाएका छन् ।

भुपतिले विना स्वीकृति बौद्ध महास्तुपमा झिलिमिली बत्ती राख्ने जथाभावी प्वाल खोपी सम्पदामा क्षति पुर्याएको समाचार यसअघि विभिन्न सञ्चारमाध्यममा अाएका थिए ।

समितिले चरणबद्ध आन्दोलनका विवरण सार्वजनिक गरेका छन् । पहिलो दिन पत्रकार सम्मेलन गरी बिरोध सभा तथा र्‍याली गरेका थिए । यसैगरी दोस्रो दिन गुठी संस्थान केन्द्रीय कार्यालय, पुरातत्व विभागमा डेलिगेसनसहित ज्ञापन पत्र बुझाउने र ल्होछारपछि चरणबद्ध आन्दोलन गरिने घोषणा गरेका छन् ।

२२ वटा संस्थाहरू ऐक्यवद्धता भई संघर्षका अभियान अघि सारेका हुन् ।

सैलुङ अनलाइनबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution