हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

एनआरएनएले वैदेशिक रोजगारीमा गएका नेपालीलाई संचयकोष दिने याेजनाको स्वागत

लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई संचयकोषको व्यवस्था गर्न लागेकोमा स्वागत गरेकाे  छ ।

संघका प्रवक्ता भूषण घिमिरेले बुधवार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएकाहरुलाई देशको सामाजिक सुरक्षा र संचयकोषको सेवा उपलब्ध गराउने गरी व्यवस्था गर्न आवश्यक प्रकृया अगाडि बढाएकोमा गैरआवासीय नेपाली संघ नेपाल सरकार, विभागीय मन्त्री  माननीय गोकर्ण विष्ट, कर्मचारी संचयकोष लगायत सबै सम्बन्धित निकायहरुप्रति धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गरेका छन् ।

विज्ञप्तिमा ‘यो विषयलाई निर्णायक तहमा पुर्याउन मन्त्रालयका तर्फबाट पछिल्लो समयमा भएको अध्ययनमा संघले विगत लामो समयदेखि उठाउँदै आएका हजारे अभियान लगायतका यससँग सम्बन्धित विषय, संचयकोषसँग भएका सम्झौता र कार्यान्वयनका सन्दर्भमा ध्यान दिनुपर्ने विषयहरुलाई समेत गम्भिरतापूर्वक लिइएको हामीले महशुश गरेका छौं । नेपाल सरकारको यो निर्णयको संघ सहर्ष स्वागत गर्दछ’  भनिएको छ ।

विज्ञप्तिमा ‘गैरआवासीय नेपाली संघले यस अभियानलाई वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा र भविष्यका लागि बचत हुने विषयका रुपमा मात्रै हेरेको छैन । यो अभियानले सानो सानो पूँजीलाई एकिकृत गरेर राष्ट्र निर्माणका ठूलठूला कार्यहरु गर्नसमेत योगदान पुग्ने विश्वास संघले लिएको छ । यही विश्वासका साथ संघले सन् २०१३ देखि नै यो विषयलाई हजारे अभियान (सामाजिक सुरक्षा कोष) का रुपमा अघि बढाउँदै आएको थियो । अव यो कार्यान्वयनको तहमा पुगेको सन्दर्भमा संघ र यसका अभियन्ताहरु खुसी भएरमात्र पुग्ने अवस्था छैन’ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution