हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

निर्मलाकी आमा भन्छिन,म माथि पनि बलात्कार हुने डर छ !

निर्मला पन्तकी आमा दुर्गाले केही दिनयता नयाँ मान्छेलाई भेट्न मुस्किल भएको बताएकी छन् । कसैले आफूमाथि निगरानी गरिरहेको उनको भनाइ छ ।

घरमा नयाँ मान्छे आउँदा पनि समस्यामा परिरहेको उनले बताएकी छन् । कुराकानी गर्दै उनले भनिन, ‘कसैले मेरो जासुसी गर्न मान्छे खटाएका छन कि जस्तो लागेको छ । मैले कसैसँग कुराकानी गर्दा चार/पाँच जना मान्छे आइहाल्छन् ।’

मैले कोसँग भेटे, किन भेटे, को आयो ? भनेर आफुमाथि नै जासुशी हुन थालेको उनको भनाई छ । ‘भेटेर गएपछि पनि यताउता आएर के हो ? कस्तो हो ? के कुरा भयो भनेर सताउने गरेका छन्,’ दुर्गाले भनिन् ।

डिएनए परीक्षणको विषयलाई लिएर घरमा भएको विवादले झन समस्या थपेको उनको भनाइ छ । श्रीमानले पनि अरुको बहकाउनमा लागेर दुःख दिइरहेको दुर्गाले गुनासो गरिन् । ‘मेरो पक्षमा कुरा गर्नेलाई गाली गर्ने उहाँको पहिलेदेखिको बानी हो, अहिले पनि त्यस्तै गरिरहनु भएको छ,’ उनले भनिन् ।

गत साउन १० गते साथीको घरमा कापि लिन गएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्त वेपत्ता भएकी थिइन् । उनको साउन ११ गते घरनजिकैको उखुबारीमा शव भेटिएको थियो । मेडिकल रिपोर्टमा बलात्कारपछि हत्या गरिएको देखिएको थियो ।

त्यसयता घटनाको अनुसन्धानका लागि दर्जनौ छानविन समिति बनेका छन् । गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले समेत उच्च स्तरीय छानविन समिति खटाएको थियो । तर, कुनै पनि छानविन समिति हत्या कसरी भयो भन्नेसम्म समेत पत्ता लगाउन सकेनन् ।

सरकारले अनुसन्धानमा लापरवाही गरेको ठहर गर्दै कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका तत्कालीन एसपी डिल्लीराज बिष्ट र महेन्द्रनगर वडा प्रहरी कार्यालयका तत्कालीन इन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्त गरिसकेको छ । अहिले पनि प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

निर्मलाकी आमाले भने आफ्नी छोरीको हत्यारा पत्ता लगाएर कारवाही गराउन अहिले लागिपरेकी छन् । ६ महिनासम्म हत्यारा पत्ता लगाएर कारवाही नगरिएकाले नै आफ्नो घरपरिवारमा समस्या थपिदै गएको उनको भनाइ छ । उनका श्रीमान यज्ञराजले यस अघि कुटपिट गरेको भिडियो समेत भाइरल भएको थियो । अहिले पनि उनले दुःख दिन छोडेका छैन । र निर्मलाकी आमालाई आफुपनि छोरी जस्तै बलात्कृत हुने हो की भन्ने त्रास छ।

कतिपयले राहत रकमसँग जोडेर बदनाम गर्न खोजेको दुर्गाको गुनासो छ । आफ्नी छोरीभन्दा ठूलो केही नभएको उनले बताइन् । ‘मेरा लागि मेरी छोरीभन्दा ठूलो पैसा होइन । मलाई पैसा देऊ भनेको छैन, मेरी छोरीका हत्यारालाई कारवाही गरिदिनुस, मलाई अरु केही चाहिँदैनँ,’ उनले सरकारसँग आग्रह गरिन् । aarthikplus बाट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution