हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

अष्ट्रेलियामा राजदूतको कुर्सी खाली : लक्की शेर्पा ‘अनलक्की’ भएकै हुन् त ?

अष्ट्रेलिया – शुक्रबार २५ जनवरीको बिहान ९ नबज्दै क्यानबेराको नेपाली दूतावासमा नियमित चहलपहल सुरु भयो । ढोका खुल्यो, बाँकी कामको लेखाजोखा भयो । कागजपत्र मिलाउँदै दूतावासका तीन कार्मचारीले काम थाले । कोही कम्प्युटरमा घोत्लिए, कोही फाइलमा घोप्टिए ।

दूतावासको तल्लो तला अर्थात् नियमित काम हुने क्षेत्र सामान्य छ । तर दूतावासको माथिल्लो तला सामान्य छैन ।

राजदूतको खाली कुर्सी देख्नेबित्तिकै नेपाली स्वाभिमान खुम्चिएर कच्याककुचुक् हुन्छ । शान, गौरवमा ठेस लाग्छ । नेपाल सरकारको प्रतिनिधि, राजदूत लक्की शेर्पालाई मानव तस्करीको आरोप लागेको नरमाइलो प्रस‌ंग याद आउँछ ।

लक्कीलाई आरोप लागेको दुई महिनाभन्दा बढी भयो । दूतावासमा आफ्नै सहयोगी कर्मचारी ल्याउँदा लाखौँ रुपैयाँ लिएको आरोप राजदूत र उनको परिवारलाई लागेको छ । त्यसयता राजदूत र उनको अढाइ वर्षे कार्यकालबारे राम्रा र नराम्रा अनेकथरी हल्ला चलेका छन् ।

मानव तस्करीको आरोपपछि सरकारले राजदूत लक्कीलाई नेपाल बोलायो । परराष्ट्र मन्त्रालयमा छानबिन समिति बन्यो । कहिले राजीनामा दिएको हल्ला चल्थ्यो । कहिले माफी पाएको चर्चा चल्थ्यो । कहिले कारवाहीको हल्ला । तर हरेक हल्लाले अष्ट्रेलियामा नेपालीको शान र स्वाभिमानको उछित्तो काढिरह्यो ।

नेपाल गएको लगभग ५ सातापछि राजदूत लक्की शेर्पा अष्ट्रेलिया फर्किनुभयो । तर दूतावासको कुर्सीमा बस्न सक्नु भएको छैन । सरकारले सफाई दिएको छैन, उहाँले राजीनामा दिनुभएको पनि छैन । दूतावासमा गएर नियमित काम गर्न सक्नुभएको पनि छैन ।

क्यानबेराको नेपाली दूतावासको कार्यक्षेत्रमा अष्ट्रेलियाबाहेक अरु ७ देश पनि पर्छन् । फिजी, न्युजिल्याण्ड, पपुवा न्यूगिनी, भानुवाटु, टुभालु, सोलोमन आइल्याण्ड र सामोआका कूटनीतिक विषयहरु अष्ट्रेलियाको दूतावासको कार्यक्षेत्रमा पर्छ । अष्ट्रेलियाका लागि नेपाली राजदूतको विषय ८ देशका सरकारसँगको कूटनीति र नेपालीको स्वाभिमानसँग जोडिएको विषय पनि हो ।

तर, अभियोग लागेका राजदूतको विषयमा दुई महिनासम्म सरकारले निर्णय गर्न नसक्दा कुटनीतिक जमघटहरुमा नेपाली दूतावास, नेपाल सरकार र नेपाली नागरिक हाँसो, ठट्टाका पात्र हुन थालिसकेका छन् । जमघटमा राजदूतावासका प्रतिनिधिलाई कहिलेकाहीँ संकोचै लाग्न थालिसकेको छ ।

“ह्वेयर इज लक्की ? इज सी बिइङ् अनलक्की?” ‘कता छिन् लक्की? उनी अनलक्की भएकै हो ?’ कूटनीतिक बैठकहरुमा यस्तो प्रश्न सोधिन्छ । दूतावासका प्रतिनिधिले हरेक कूटनीतिक जमघटहरुमा बाहिर आएको कुरा लक्कीको व्यक्तिगत कुरो हो भनेर प्रष्ट्याउँछ ।

भनाई नै छ, “कूटनीतिमा भनिएको भन्दा पनि नभनिएका कुराहरु धेरै बुझिन्छन् ।” त्यही भएर हरेक देशका प्रतिनिधिले यो घटनालाई आफ्नै हिसाबले बुझिरहेका छन् । राजदूतको कुर्सी जति खाली हुन्छ यो घटनाको चर्चा भैरहन्छ । यो घटनाबाट नेपालीको ख्यातीमा पुगेको घाटा पूर्ति गर्न धेरै समय लाग्ने पक्का छ ।

कार्यबाहक राजदूत दु्रपदा सापकोटा भन्नुहुन्छ “दूतावासको दैनिक काम चाहिँ चलिरहेकै छ । कुनै काम रोकिएको छैन, सेवा यथावत छन् । हामीले आन्तरिक प्रशासनिक काम चुस्त दुरुस्त राखेका छौँ । तर पनि देशको तर्फबाट कुटनीतिक पलह गर्ने व्यक्ति नहुँदा रित्तो अनुभव त हुने नै भयो ।”

मन्त्रालयमा अड्किएको दूतावास भवन

अष्ट्रेलियामा नेपाली दूतावासको खुलेको सन् २००६ मा हो । दूतावास खुलेको ११ वर्षमा नेपाल सरकारले भवन वनाउन जग्गा किन्यो । १२ लाख अष्ट्रेलियन डलरमा ९९ वर्षका लागि लिजमा किनिएको जग्गामा दूतावास भवन बनाउने योजना छ । भवन निर्माण विभागको टोलीले अध्ययन गरेर फर्किएको ६ महिना भैसक्यो । अष्ट्रेलियाको दूतावास भवन बनाउने विषयमा महत्वपूर्ण निर्णय गर्नुपर्ने फाइल पराराष्ट्र मन्त्रालयमै घुमिरहेको छ ।

सरकारले कस्तो भवन बनाउने भनेर निर्णय नगरिदिएकाले त्यसको लागत मूल्यांकन र टेण्डर निकाल्ने तयारी गर्न नसकिएको दूतावसका कर्मचारी बताउँछन् ।

नेपाल सरकारले किनेको जग्गामा दूतावासको कार्यालय, आवास र कर्मचारीका लागि आवास बनाउने योजना छ । नेपाल र अष्ट्रेलियामा घर बनाउने तौरतरिका फरक छ । नेपालमा सिमेन्ट, गिटी, बालुवा, इँटा र रडको चाङ लगाएर घर बनाइन्छ । अष्ट्रेलियामा घर बनाउँदा क्रंक्रिट भन्दा धेरै काठको प्रयोग हुन्छ ।

नेपाली विद्यार्थीबारे अनुसन्धान

अष्ट्रेलियामा कति नेपाली छन् भन्ने तथ्यांक दूतावाससँग छैन । त्यही भएर दूतावासले नेपाली विद्यार्थीका विषयमा अनुसन्धान गर्ने योजना बनाएको छ ।

नेपालीले पढेको विषय एकाथरी, काम गर्ने क्षेत्र अर्को किन हुन्छ ? विद्यार्थी पठाउने एजेण्टले असल काम गरिरहेका छन् कि सुधारको खाँचो छ ? युनिभर्सिटी पढ्न आएकाहरु कलेजको एक दुई वर्षे तालिममा आकर्षित हुनुको कारण के हो ? लगायतका विषयमा अनुसन्धान गर्ने दूतावासको लक्ष छ ।

अनुसन्धान पछि नेपाली विद्यार्थीका बारेमा यकिन तथ्यांक निकाल्ने दूतावासको योजना छ । कार्यबाहक राजदूत सापकोटा भन्नुहुन्छ यो अनुसन्धान सफल बनाउन सकेमा सरकारले अष्ट्रेलिया पढ्न आउने विद्यार्थीलाई धेरै सुझाव दिनसक्छ । सापकोटा भन्नुहुन्छ, “अनुसन्धानपछि नेपाली विद्यार्थी सफल वा असफल हुने विषय, क्षेत्र बुझ्न सकिन्छ र नेपाल सरकारले आफ्ना विद्यार्थीको आवश्यकतालाई राम्ररी सम्बोधन गर्न सक्छ ।”

इन्भेष्टमेन्ट समिट, भ्रमण वर्ष र बिजनेस फोरम

सरकारले सन् २०१८ को मार्च २९, ३० मा काठमाण्डाैमा लगानी सम्मेलन गर्दैछ । सुखी नेपाली खुसी नेपाली, अभियान अन्तर्गत गर्न लागेको सम्मेलनको उद्धेश्य आगामी दशकमा नेपालमा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नु हो ।

सम्मेलनमा गैर आवासीय नेपाली, विकास साझेदार, कूटनीतिक निकाय, विश्वभरिका सरकारका प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र अन्य सम्बन्धित सबैको सहभागिता हुने अपेक्षा छ । तर सम्मेलनका लागि अष्ट्रेलियाबाट कूटनीतिक तबरको विशेष पहल गर्नुपर्ने राजदूतको कुर्सी भने खाली छ ।

अष्ट्रेलिया र नेपालबीच दाता र प्राप्तकर्ताको सम्बन्ध छ । एकलाख भन्दा बढी नेपालीले अष्ट्रेलियामा आफ्नो जीवनको अमूल्य समय लगानी गरीरहेको कुरालाई अष्ट्रेलिया सरकारले महत्व पनि दिन्छ ।

त्यस्तै, सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदैछ । देश विदेश घुमेर आनन्द लिने अष्ट्रेलियाका नागरिकको बानी छ । गएको वर्ष झण्डै ३५ हजार अष्ट्रेलियाली नागरिक नेपाल भ्रमणमा गए । अगामी वर्ष त्यो सँख्यामा उल्लेख्य बृद्धि गर्न अष्ट्रेलियामा रहेको नेपाली दूतावासले पहल गर्नुपर्छ |

तर, नेपाली दूतावासका प्रतिनिधिलाई कूटनीतिक भेलामा जाँदा लक्की शेर्पाको प्रसँग उठ्नेबित्तिकै अफ्ठ्यारो अनुभव हुन्छ । कूटनीतिक बैठकमा शानका साथ राजदूतले नेपाल भ्रमणको निम्तो दिनुपर्नेमा लाजका साथ नियमित भेटघाट गरेर फर्किनुले पर्यटन बढाउन सहयोग गर्दैन ।

गएकाे वर्ष जुन ३० तारिखमा मेलवर्नमा नेपाल अष्ट्रेलिया विजिनेस फोरम आयोजना भयो । यस वर्ष सिड्नीमा त्योभन्दा अझ भव्य रुपमा फोरम आयोजना गर्ने दूतावासको तयारी छ । आर्थिक वर्षको सुरु, वर्षभरीको योजना बनाउने बेला राजदूतको यस्तो घटना सार्वजनिक हुनुले दुतावासको काम कारबाही प्रभावित छ ।

नक्कली बिहेको सक्कली छोडपत्र

विशेष कामबाहेक दूतावासले धेरै नियमित कामहरु पनि गर्छ । यात्रा गर्दा आवश्यक पर्ने काजगात–पासपोर्ट बनाउने, प्रमाणित गर्ने, अष्ट्रेलिया बसेर नेपालमा जग्गा किनबेच र अन्य काममा लागि अधिकृत वारेसनामा बनाउने काम दूतावासले गर्छ ।

दूतावासले गर्ने नियमित काम नियाल्दै गर्दा सबैभन्दा रमाइलो लागेको कामचाहिँ सँगै बिहे गरेको जोडीले सँगै डिभोर्स अर्थात् छोडपत्र गरेको देख्नु हो । हाँसी–हाँसी आएका कागजी श्रीमान श्रीमतीले नेपालमा आफ्नो छोडपत्र गराउन वारेसनामा बनाउँछन् ।

कागजी बिहे गरेर अष्ट्रेलिया आएकाहरु पीआर पाएपछि कागजी छोडपत्र गर्न चाहन्छन् । त्यस्तो छोडपत्र उनीहरु नेपालबाटै गराउँछन् । अंशवण्डा नगरी छोडपत्र गराउन सहमत भएको जोडी दूतावासमा आएको देख्दा नक्कली बिहेको सक्कली छोडपत्र गर्न लागेको थाहा हुन्छ । अझ रमाइलो कुरा त नेपालमा जुन वकिलले बिहे गराएको हुन्छ, त्यहि वकिलले नै केटाकेटी दुवैको वारेसनामा लिएर छोडपत्र गराउँछन् ।

यस्तो छोडपत्रका लागि अधिकृत वारेसनामा बनाउन दिनको ४–५ जोडी क्यानबेराको नेपाली दूतावासमा आउँछन् । नक्कली बिहेको सक्कली छोडपत्र गरिसकेपछि आफ्नो सक्कली जोडीलाई अष्ट्रेलिया ल्याउने प्रकृया सुरु हुन्छ । कतिपयले नेपालबाटै सक्कली बिहेका लागि अर्को जोडी खोज्न थाल्छन् ।

फेसबुकबाट बिहे, बिचल्ली र उद्दार कोष

एक नेपाली मित्रले नेपालबाटै प्रशान्त क्षेत्रको एउटा देश सामुआको केटीसँग फेसबुकबाट प्रेम गरेछन् । विदेश जाने भन्दै दंग परेर भिसा लगाएर सामुआ गए । तर विरानो देश, फेसबुके सम्बन्ध धेरै दिन टिकेन । कुरा नमिलेपछि ती मित्र केटीको घर छोडेर भागे ।

गएको डिसेम्बरमा ती युवा ज्यान बचाई पाउँ भन्दै सामुआको अष्ट्रेलियन हाइ कमिसनमा पुगे । अष्ट्रेलियन हाइ कमिसनले क्यानबेराको नेपाली दूतावासमा सम्पर्क गर्‍यो । पैसाको व्यवस्था गरेर दूतावासले ती युवालाई सामुआबाट फिजी र दिल्ली हुँदै नेपाल पठायो ।

राजदूतावासले अलपत्र व्यक्ति नेपाल पठाउँदा पैसा खर्च हुन्छ । अलपत्रलाई केही दिन खान बस्न दिनुपर्छ । त्यस्तो आपतकालीन उद्धारका लागि नेपाली दूतावासलाई रकम अवश्यक छ । कार्यबाहक राजदूत सापकोटा भन्नुहुन्छ “हामीसँग रेस्क्यू बजेट थिएन । अरु शीर्षकबाट मिलाएर यसपलि व्यवस्थापन गर्यौँ । अब सरकारलाई अनुरोध गरेका छौँ । दूतावास भनेको अलपत्र नेपालीको आश्रय स्थल पनि हो त्यही भएर हामीलाई बजेट चाहिन्छ ।”

राजदूत र वाङ्छु दाउपेचमा राजदूतको कुर्सी

एसिया प्रशान्त क्षेत्रका ८ देश हेर्ने राजदूत लक्की शेर्पालाई आफ्नै गाडीचालक तथा भान्छे वाङ्छु शेर्पाले अष्ट्रेलिया ल्याउन लाखौँ रुपैयाँ लिएको आरोप लगाएका छन् । विदेश पठाइदिने भन्दै उठाएको पैस फिर्ता नगरेको आरोपमा वाङ्छुकी श्रीमती नेपालको जेलमा छिन् । तर वाङ्छु र राजदूतबीचको मनमुटावको विषयमा नेपाल सरकार एकवर्ष पहिले नै जानकार रहेको २०७४ पुस ५ मा दूतावासले परराष्ट्र मन्त्रालयलाई लेखेको चिठिले प्रष्ट पार्छ ।

घटना एकवर्ष पहिलेको भए पनि वाङ्छुले लक्कीको परिवारलाई पैसा तिरेर आफू अष्ट्रेलिया आएको र आफूलाई फसाएको कुरा सार्वजनिक गरेपछि यो विषय अलिक पेचिलो रुपमा उठेको हो । विषय सार्वजनिक भएपछि राजदूतावासले विज्ञप्ति निकालेर खण्डन गर्‍याे । खण्डन गर्ने विज्ञप्तीको भाषा र शब्दावलीले पनि राजदूत र वाङ्छुको मनमुटावको गहिराइको अनुमान गर्न सकिन्छ ।

राजदूतको गम्भीर विषय सतहमा आउनु, सरकारले छानबिन समिति बनाउनु र स्पष्टिकरणका लागि राजदूतलाई बोलाउनु भनेको राजदूत परिवर्तनको सिलसिला हो । तर न राजीनामा, न कारवाही, न नयाँ नियुक्ति, देखिने गरी कुनै निर्णय भएको छैन । अष्ट्रेलियाको राजधानी क्यानबेराको नेपाली दूतावासमा रहेको खाली कुर्सीले चाहिँ त्यहाँ बस्ने राजदूतको माग गरिरहेको उज्यालो अनलाइनमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution