हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको अध्यक्षमा रविन राई

क्वालालम्पुर- क्वलालाम्पुर स्थित होटल भाईभ एलिमेन्टमा अाईतबार भव्य समारोहबीच नेपाल अादिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।महासंघका सदस्य तथा नेपाल मगर संघ मलेसियाका उपाध्यक्ष बेग अालेमगरले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिमा महासंघका पुर्ब अध्यक्ष दिपक तामाङ बम्जन रहेका थिए भने विशेष अतिथिमा गैर आवसिय नेपाली संघमलेशियाका उपाध्यक्ष टेक धिक्त रहेका थिए।

कार्यक्रममा अतिथ तथा समाजसेवी बुधराज योङ्हाङ नेपाली जनप्रगतिशिल मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे ,नेपाली काङ्ग्रेस जनसम्पर्क समिति मलेशियाका महामन्त्री योगेन्द्र कोइराला तथा अन्तर्राष्ट्रिय रेफ्री योगेन्द्र कोईराला , ताप्लेजुङ सेवा समाजका अध्यक्ष भुपेन्द्र मावो, नेपाल अादिवासी जनजाति पत्रकार महासंघ मलेसियाका उपाध्यक्ष दिप लिम्बूले शुभकामना मन्तव्य राखेका थिए।

केही महिना अघि संघका पूर्व अध्यक्ष पिटी सेर्पा पिनासा लाई ठगिको अभियोग लागेपछि समितिको अाकस्मिक बैठक बसेर उनलाई निलम्बन गरे पश्चात् उपाध्यक्ष राम तामाङ कार्यवाहक अध्यक्ष रहेका थिए। तामाङको पनि प्रवासमा करार अवधि सकिएको भन्दै महासंघले अधिवेशनको समय अगावै बन्दसत्र गरेको हो।

अधिवेशनले पुरानो कार्य समितिलाई भङ्ग गरि नया १३ सदस्यीय रहने गरि कार्यसमिति चयन गरेको छ।जसमा अध्यक्षमा रविन राई( किरात राई यायोख्खा), बरिस्ठ उपाध्यक्ष तेन्जि शेर्पा( शेर्पा किदुङ), महिला उपाध्यक्षमा याङ्डु शेर्पा ( शेर्पा किदुङ), उपाध्यक्ष खेम थापा मगर ( नेपाल मगर संघ मलेसिया ) , महासचिव सविन लोप्चन तामाङ( तामाङ समाज) सचिवमा याम फ्याक लिम्बू ( किरात याक्थुम चुम्लुङ ) अर्पण मगर “बुद्ध ” ( नेपाल अादिवासी जनजाती पत्रकार महासंघ मलेसिया )र कोषाध्यक्षमा सन्तोष योञ्जन तामाङ रहेका छन्।
त्यस्तै सदस्यहरूमा सुवास गुरुङ, दुर्गा लिम्बू ,पेम्बा मिली शेर्पा ,वीर बहादुर सारु मगर र ईश्वर राई रहेका छन्।

दीप खादी लिम्बू / रातोकलम

२०१९ जनवरी २७






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution