तामाङ समाज यूकेले सोनाम ल्होछार भव्यताको साथ मनाउने

लण्डन- तामाङ समाज यूकेले मन्जुश्री सम्वत् २८५५ सोनाम ल्होछार (फाग /ड्वा ल्हो ) को पावन अवसरमा यहि आउँदो १० फेब्रुअरी २०१९(आइतबार ) साऊथ ह्यारो स्थित ‘ह्यारो बोरो फुटबल क्लब’ मा ल्होछार कार्यक्रमको आयोजन गरेको छ |
तामाङ जातिको भाषा, धर्म, सँस्कृतिलाई जगेर्ना गर्नुका साथै बिभिन्न सामाजिक काम गर्ने उद्धेश्यले स्थापना भएको समाजले प्रत्येक वर्ष ल्होछार कार्यक्रम गर्दै आइरहेको छ ।
ल्होछार कार्यक्रमको लागि नेपालबाट म्होन्दोमाया गायक/गीतकार यूबी मांग्रेसा तामाङ, बिरु गोम्जा तामाङ, अनिल गुरुङ लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने कार्यक्रम रहेको छ |