हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

निर्मला हत्या प्रकरण : सिन्कोमा कपास बेरेर संकलन गरिएको डिएनए नमूना नै त्रुटिपूर्ण

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा फेरि नयाँ मोडमा पुगेको छ। साउन १० गते घरबाट हराएर ११ गते शव भेटिएको बालिका पन्तको घटना सम्बन्धमा अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले गत कात्तिक २७ गते विज्ञको एउटा टोली गठन गरेको थियो।

पूर्वमहान्यायधीवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा गठन भएको टोलीमा पूर्व एआइजी विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डा. हरिहर वस्ती, डिएनए विशेषज्ञ दिनेश झा र आयोगका केही अधिकारी थिए।

टोलीले आफ्नो प्रतिवेदन आज सरकार समक्ष पेस गरेको छ।

उक्त टोलीले निर्मला पन्तको शवबाट भेजाइनल स्वाब संकलन नै त्रुटिपूर्ण भएको निष्कर्ष निकालेको छ। बालिका पन्तको भेजाइनल स्वाबबाट डिएनएको नमूना संकलन गर्दा सिन्कोमा कपास बेरेर गरेको र उक्त प्रक्रिया नै गलत भएको आयोगको टोलीले उल्लेख गरेको छ । यसरी संकलन गरी टेष्ट ट्युबमा राख्दा पर्याप्तमात्रमा डिएनए संकलन नहुने र डिएनए ह्रास हुँदै जाने, नष्ट हुने र परिणाम सही नआउने आयोगको निष्कर्ष छ । जसकारण अहिलेको डिएनए नै त्रुटीपूर्ण भएको आयोगले जनाएको छ।

संकलित लो, मिड र हाइ भेजाइनल स्वाबको डिएनए नमूना प्रहरीले साउन १५ गते प्रहरीको केन्द्रीय विधि वित्रान प्रयोगशालामा पठाएको थियो। उक्त स्वाबमा पुरुष वीर्य भए नभएको, भए एक व्यक्ति वा धेरै व्यक्तिको भएको जानकारी लिन पठाएको थियो।

संसारमा तीन किसिमको डिएनए प्रचलित रहेको छन्। ती हुन् : अटोसोमल एसटिआर, वाई एसटिआर र माइटोकोन्ड्रियल सिक्वेसिङ्ग। अटोसोमल एसटिआर भने अपराधी पहिचान गरिने मुख्य डिएनए हो। पुरुषमा मात्रै हुने वाई एसटिआर जबरजस्ती करणीको केशमा प्रभावकारी मानिन्छ। तर, कयौँ पुरुषका पुस्तामा सदस्यहरुबीच एकैनासका हुने वाई एसटिआरबाट निश्चित व्यक्ति यकिन गर्न सम्भव हुँदैन। तर, निर्मलाको केशमा वाई एसटिआर प्रविधिबाट मात्रै परीक्षण गरिएको ओयोगको टोलीले जनाएको छ। जुन प्रविधिबाट वंश वा समूहमात्रै पहिचान गर्न सकिने बताइएको छ।

तर, व्यक्ति पहिचान गर्न सकिने अटोसोमल परीक्षण नगरिएको आयोगको टोलीले जनाएको छ। त्यस्तै संकलित भेजाइनल स्वाबमा महिला स्वाब र पुरुष वीर्यको छुट्टा छुट्टै परीक्षण गर्नु पर्नेमा मिश्रीत रुपमा परीक्षण गरिएकाले सो समेत गलत भएको निष्कर्ष निकालिएको छ।

जसकारण वंश वा समूह मात्रै छुट्टिने भयो तर व्यक्ति नछुट्टिने भएको उल्लेख गरिएको छ। त्यस्तै डिएनए प्रविधिको आकर्षक पक्ष नै व्यक्ति यकिन गर्नु हो। यस केशमा भेजाइनल स्वाबबाट १६ वटा वाई एसटिआर सुरक्षित छन्। आगामी दिनमा कुनै आरोपितसँग १६ वटै वाई एसटिआर मिलेको अवस्थामा समेत उक्त व्यक्ति अपराधी भएको पुष्टि हुने आधार हुने नहुने आयोगले उल्लेख गरेको छ।

आयोगले उल्लेख गरेअनुसार नेपालको एक अध्ययनमा फरक भौगोलिक क्षेत्रका फरक थर भएका व्यक्तिहरुबीच १५ वटासम्म वाई एसटिआर मिलेको समेत जनाइएको छ। त्यस्तै निर्मला केशमा समेत डिएनए गरिएका बडू थरका व्यक्ति र अर्का एक बडू थरका व्यक्तबीच समेत शतप्रतिशत वाई एसटिआर मिलेको आयोगको प्रतिवेदनमा उल्लेख छ।

त्यसैले वाई एसटिआरमार्फत निर्मलाका हत्यारा पत्ता नलाग्ने आयोगले जनाएको छ।नेपाल खबरबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution