काठमाडौंमा अन्डर पास र फ्लाईओभर बनाउने ६ वर्ष अगाडिको योजना, अझै काम सुरु भएन

काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापन लागि फ्लाइओभर, ओभरहेड ब्रिज निर्माणको योजना बनेपनि कामभने अझै अगाडि बढ्न सकेको छैन ।
सडक विभाग अन्तर्गतको पुल महाशाका अनुसार फ्लाईओभर निर्माणको अध्ययन करिब ६ वर्ष अगाडि गरिएको भएतपनि हालसम्म निर्माणको पक्रिया सुरु भएको छैन ।
महाशाखाका वरिष्ठ डिभिजन ईन्जिनियर नरेशमान शाक्यले त्रिपुरेश्वेर, कालिमाटी, बानेश्वर, माइतीघर मण्डलालगायतका स्थानमा फ्लाईओभर निर्माण गर्ने खाका बनाइएको बताए । तर, पछिल्लो ६ वर्षयता महाशाखाले यस सम्बन्धी अध्ययन नै नगरेको उनले जानकारी दिए ।
‘सवारी चापको समस्या समाधानका लागि फ्लाइ ओभर निर्माणको परिकल्पना गरिएको हो । तर, ६ वर्ष अघि अध्ययन तथा अनुसन्धान गरिएको थियो तर, त्यसपछि कुनै काम अगाडि बढेको छैन ।’ शाक्यले भने ।
‘महानगरपालिकाका मेयर, उपमेयरले यो विषयलाइ जोड दिएतापनि प्राविधिकरुपमा निक्कै चुनौति रहेको र त्यति बेलाको अध्ययन अनुसार छोटो दुरीका फ्लाइओभर निर्माण गर्दा झन् ट्राफिक समस्या बढ्ने हुँदा लामो दुरीका फ्लाइओभर निर्माण गर्न बिज्ञसँग छलफल भएको थियो’ उनले भने ।
फ्लाइ ओभर निर्माणको लागि महानगरपालिका, सडक विभाग, ट्राफिक महाशाखालगायतका निकायको समन्वय आवश्यक छ । तर नयाँ योजना निर्माण गर्नूभन्दा पनि पहिला कसले जिम्मेवारी लिने भन्ने विषयको निक्र्याेल नहुँदा योजना अनुसारको काम गर्न नसकिएको शाक्यले बताए ।
महाशाखाले साँघुरो सडक भएको स्थानमा फरक कन्जक्शनमा फ्लाई ओभर निर्माण गर्ने योजन बनाएको थियो । शाक्यका अनुसार थानकोटबाट आएको गाडी, कलंकी चोक क्रश गरेर, कालिमाटी, त्रिपुरेश्वर हुँदै एयरपोर्ट र भक्तपुर पुग्ने गरि फ्लाई ओभर निर्माण गर्ने योजना सडक बिभागको थियो ।
सातदोबाटोबाट नारायण गोपाल चोक क्रश गरेर जानेगरि निर्माण गरे ट्राफिक व्यवस्थापन हुन सक्ने पनि उनले बताए ।
बागमती तथा विष्णुमति कोरीडोरमा इनरसर्कलको सडक निर्माण गर्न सके ट्राफिक व्यवस्थापन हुन सक्ने बताउँदै उनले भने ‘अध्ययनको क्रमसमेत रोकिएको अवस्थामा तत्काल निर्माण गर्नसक्ने कुनै योजना नै छैन ।’ उनले एक किलोटिर फ्लाईओभर निर्माणका लागि दुई अर्ब भन्दाबढि खर्च हुने बताए ।