अमेरिकाको ८ वटा शहरमा सोनाम ल्होछार भब्यताको मनाउने

तामाङअनलाइन : तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक महान राष्ट्रिय पर्व मन्जुश्री सम्वत् २८५५ फाग-ल्हो (बदेल बर्ग) सोनाम ल्होछारको अबसरमा अमेरिकाको विभिन्न शहरमा तामाङ संघसंस्थाले सांस्कृतिक कार्यक्रम सहित ल्होछार कार्यक्रम भव्यताको साथ मनाउने भएको छ |
तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको संयोजनमा तामाङ सोसाइटी अफ न्युयोर्क संगै तामाङ सोसाईटी अफ अमेरिका डल्लास, तामाङ सोसाईटी अफ लस एन्जलस, बोस्टन तामाङ् समाज, तामाङ को-अप्रेशन सोसाईटी अफ क्यालिफोर्निया, तामाङ सोसाईटी अफ ग्रेटर वासिंटन डीसी लगायतका सस्थाहरुले आ-आफ्नो स्थानमा ल्होछार बिशेष कार्यक्रम मनाउने भएको छ |
सास्कृतिक कार्यक्रम सहित भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम फेब्रुअरी २ शनिबारका दिन गुल्सन टेरेस ( Gulshan Terrance woodside, NY) मा दिउसो १ बजे देखि राति १ बजे सम्म मनाउने भएको छ |
तामाङ सोसाईटी अफ अमेरिका डल्लासको आयोजनामा फेव्रुअरी ९ मा बेलुका सात बजे देखि बिहान ६ बजे सम्म (3401 Conflans Rd, Irving Tx) स्थानमा कार्यक्रम हुने भएको छ |
तामाङ सोसाईटी अफ लस एन्जलसको आयोजनामा फेब्रुअरी १० मा बेलुका साढे सात बजे देखि राति एक बजे सम्म (Tara’s Himalayan Cuisine Artesia, CA ) मा, बोस्टन तामाङ् समाजको आयोजनामा फेब्रुअरी ९ मा (20 Innerbelt Rd, Someville, MA ) बेलुका ६ बजे देखि राती ११ बजे सम्म कार्यक्रम गर्ने भएको छ |
पेन्सलभेनियामा फेब्रुअरी २ तारिख र कनेक्टिकेटमा फेब्रुअरी ३ मा ल्होछार मनाउने भएको छ । तामाङ को-अप्रेशन सोसाईटी अफ क्यालिफोर्नियाको आयोजनामा फेब्रुअरी ९ को बेलुका ५ बजे देखि राति १२ बजे सम्म (850 Judah St San Francisco, CA) मा आजोजन गरेको छ |
तामाङ सोसाईटी अफ ग्रेटर वासिंटन डीसीको आयोजनामा फेब्रुअरी ९ कै दिन बेलुका ६ बजे देखि राति १२ बजे सम्म बिबिध कार्यक्रम सहित सास्कृतिक कार्यक्रम हुने आयोजकले बताए । तामाङ समाज अमेरिकाले पनि फेब्रुअरी २ तारिख मै न्युयोर्कमा ल्होछार बिशेष सास्कृतिक कार्यक्रम संगै शुभकामना आदानप्रदान गर्ने भएको छ |
कार्यक्रमहरु
1. New York -Feb.2nd, 2019
2. Pennsylvania -Feb.2nd
3. Connecticut -Feb.3rd
4. Boston -Feb.9th
5. Dallas, Texas-Feb.9th
6. Washington DC-Feb.9th
7. San Francisco -Feb.9th
8. Los Angels -Feb.10th