इजरायल:सोनाम ल्होछारमा उपस्थितको लागि हार्दिक निमन्त्रणा (भिडियो)

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायल द्वारा मन्जुश्री सम्वत् २८५५ सोनाम ल्होछार (फाग /ड्वा ल्हो ) को पावन अवसरमा यहि आउँदो ८ फेब्रुअरी २०१९(शुक्रबार) तेलअविव स्थित यादखारुचिम -१५ रहेको EVE Party Hall मा ल्होछार साँझ -2019 भव्यताको साथ मनाउने भएको छ |
ल्होछार साँझ कार्यक्रमको लागि नेपालबाट आमन्त्रित बहुचर्चित सेलो गायक प्रेम लोप्चन तामाङ र म्हेन्दोमाया गायक रोशन फ्युवा तामाङ आउनु हुने भएको छ | वहाँहरुको धामकेदार सांगीतिक प्रस्तुति सहित इजरायलमा रहनु भएको स्थनिय कलाकारहरूको पनि बेजोड प्रस्तुती रहने नेपाल तामाङ घेदुङ इजरायलले तामाङअनलाइनलाई जानकारी दिएको छ | कार्यक्रममा रात्रीभोज (Dinner Party) को व्यवस्था समेत रहेको छ |
तामाङ जातिको भेषभुषा,भाषा ,धर्म ,संस्कृति, लिपि ,संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल तामाङ घेदुङ इजरायलले स्थापनाकाल देखि नै इजरायलमा भव्यताको साथ् प्रत्त्येक बर्ष सोनाम ल्होछार भाव्य्ताओ साथ मनाउदै आई रहेको छ |
कार्यक्रममा इजरायलमा रहनु भएका तामाङ ज्यो ज्यो आले / नाना आङ|हरु लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितको लागि घेदुङ इजरायल ले हार्दिक निमन्त्रणा गरेको छ |
नेपालबाट इजरायलमा आउनु हुने अतिथि कलाकार बहुचर्चित सेलो गायक प्रेम लोप्चन तामाङ र म्हेन्दोमाया गायक रोशन फ्युवा तामाङको ल्होछार कार्यक्रम इजरायलमा उपस्थितको लागि निमन्त्रणा सहितको भिडियो प्रमो