हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

ल्होछार परम्पराको महत्व

– मोहन गोले तामाङ

तामाङ जीवनमा ल्हो परम्पराको ठूलो महत्व छ । यसले तामाङ जीवनलाई भिन्न र जीवन्त बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । तर हामीले यसको महत्वको बारेमा राम्रोसँग बुझ्न नसक्दा ल्होछार भनेको सालमा एकपटक नाच्ने, गाउने पर्वको रुपमा मात्रै लिइरहेका छौ । ल्होछार साँस्कृतिक उत्सवको पर्व मात्रै होइन । यो परम्परा तामाङ लगायत मंगोल समाजले विकास गरेको साँस्कृतिक, सामाजिक सभ्यता हो । यो चन्द्रमाको गति र प्रभावको आधारमा हेर्ने वैज्ञानिक विश्व दृष्टिकोण हो । यो अन्धविश्वासको आधारमा भविष्यवाणी गर्ने नभई प्राकृतिक तत्वहरुको संयोग, वियोग, अन्तरक्रिया र अन्तरसम्बन्धका आधारमा सूचना दिने नियम संगत ज्ञान हो । हजारौं बर्ष पहिले नै यो परम्पराको विकास भयो र तामाङ समाज त्यही परम्पराबाट परिचालित हुँदै आएको छ । हाम्रो जीवन र संस्कृतिको प्रत्येक घडी, पला र प्रत्येक दिन त्यही परम्परा र विश्वासबाट सञ्चालित हुँदै आएको छ ।

 

ल्हो परम्परा अनुसार प्रत्येक बर्ष एउटा एउटा जनावर (बर्ग) ले शासन गर्दछ । अब आउने ख्रेला छेपागी अर्थात वि. सं. २०७५ माघ २२ गते (माघ शुक्ल प्रतिपदा) देखि फाग्ड्वा/ (सुंगुर) ल्हो (बर्ष) को शासन सुरु हुँदैछ । पहिलो महिना ख्रेलालाई बाघ महिना मानिन्छ । प्रत्येक बर्षमा एउटा जनावरले शासन गरे झैं प्रत्येक महिनामा पनि क्रमशः जनावरहरुले पालैपालो शासन गर्दछन् । त्यसैगरी प्रत्येक दिनको २४ घण्टामा पनि २÷२ घण्टाको दरले पालैपालो शासन गर्छ भन्ने मान्यता छ । भारतीय ज्योतिष परम्परामा सुर्य उदय भएपछि दिनको सुरु हुन्छ भने चन्द्र परम्परामा रातको ११ बजेदेखि अर्को दिनको सुरुवात हुने विश्वास छ । जसअनुसार रातको ११ बजेदेखि १ बजेसम्म मुसा, १ बजेदेखि ३ बजेसम्म गाई, ३ बजेदेखि ५ बजेसम्म बाघ, ५ बजेदेखि ७ बजेसम्म खरायो, ७ बजेदेखि ९ बजेसम्म गरुड, ९ बजेदेखि ११ बजेसम्म सर्प, ११ बजेदेखि १ बजेसम्म घोडा, १ बजेदेखि ३ बजेसम्म भेडा, ३ बजेदेखि ५ बजेसम्म बाँदर, ५ बजेदेखि ७ बजेसम्म चरा, ७ बजेदेखि ९ बजेसम्म कुकुर र ९ बजेदेखि ११ बजेसम्म सुंगुरले क्रमशः शासन गर्दछ । जुन जुन जनावरको जुन जुन बर्ष, महिना, बार र समय शासनअवधि हो, त्यो समयमा त्यही जनावर सक्रिय रहने र त्यसको प्रभाव पर्ने तामाङ समाजको जनविश्वास छ ।

तामाङ जीवनको महत्वपूर्ण कार्यहरु छेवर, पास्नी, बिबाह, मृत्यु मात्रै नभएर परदेश जाने, घर बनाउने, पुजाआजा गर्ने सबैखालको शुभ, अशुभ साईतमा ल्हो, खाम हेर्ने गरिन्छ । ल्हो र खामको आधारमा उसको चरित्र र भविष्यको आँकलन गर्ने हुँदा बिबाह, नयाँ कामको थालनी आदिमा यो परम्परालाई आधार बनाईन्छ । केटा र केटीको ल्हो, खाम नमिलेमा बुढापाकाबाट बिबाहको लागि स्वीकृति दिइदैन । जस्तोः मुसा र घोडा, गोरु र भेडा, बाघ र बाँदर, खरायो र चरा, गरुड र कुकुर, सर्प र बँदेल जोडा नमिल्ने ल्हो चिन्ह भएकोले बिबाह गर्नु हुँदैन भनिन्छ । त्यसैले तामाङ जीवनलाई प्रत्येक बर्ष, महिना, घण्टामा मात्रै नभएर जन्मदेखि मृत्युसम्म नै ल्हो परम्पराले कुनै न कुनै रुपमा प्रभाव पारिरहेको हुन्छ । जसले यो विज्ञानलाई अन्धविश्वासको रुपमा हेरेर बेवास्ता गर्छ, उसको जीवन असफल भएको हामीले देखिरहेका छौ । यसलाई उलंघन गर्नेको जीवनमा दुःखकष्ट, बिघ्न बाधा र भय खेप्नुपर्छ भनिन्छ । यो परम्परामा विश्वास गर्ने समुदायको जीवन ल्होचक्र भित्र सुरक्षित रहेको हुन्छ ।

त्यसकारण यो परम्पराको धार्मिक, सामाजिक, आर्थिक, साँस्कृतिक, स्वास्थ्य जीवनको क्षेत्रमा मात्र नभएर राजनीतिक महत्व समेत रहेको छ । ल्हो फिर्ने दिनको अवसरमै मानिसको ग्रहदशा फ्याँक्ने, कूलको पूजा गर्ने, घरमा लुङ्दर÷दज्र्यु फहराउने र विश्व शान्तिको लागि लामाद्वारा मन्त्रोच्चारण गरिन्छ । त्यसैले यो पर्वले धार्मिक महत्व राख्दछ । यो पर्वमा आफू बस्ने घर रंग्याउने, बाटोघाटो सफा गर्ने, इष्टमित्र आफन्त, चेलीमाईती, दाजुभाई भेटघाट गर्ने, परदेश गएकाहरु घर फर्किने, यदि घर फर्किनु नसकेमा विदेशकै भूमिमा भएपनि तामाङ संस्कृतिमा रमाईलो गर्ने, घरपरिवार सम्झने, मान्यजनबाट टीका लगाउने, आशिर्वाद लिने÷दिने, विशेषगरी तामाङ परम्परागत खानपीन खाने, नयाँ तामाङ भेषभूषा लगाउने र सामूहिक भोजन जस्ता कार्यक्रम गरिने हुँदा यसले सामाजिक महत्व राख्दछ ।

तामाङ समुदाय कृषि पेशामा आश्रित भएको हुँदा यसले कुन समयमा कुन खेतिपाती लगाउने र कुनबेला कुन बाली सप्रिने, बिग्रने लगायत बर्षात, खडेरी आदि कुराको जानकारी दिन्छ । कुन ल्हो, खामको मानिसले कुन पेशा, ब्यासाय गरेमा राम्रो हुन्छ भन्ने कुराको जानकारी दिन्छ । यसको साथै नयाँ ल्हो फिरेसँगै तामाङहरु पुरानो तान काट्ने, आर्थिक बर्षको अन्त भए जस्तै गरी पुरानो ऋण तिर्छन् भने नयाँ कारोबारको समेत सुरुवात गर्ने भएकोले यो पर्वले आर्थिक महत्व राख्दछ ।

त्यस्तै ल्होको पाँच प्रकृतिका खामहरु एक अर्कोसँग अन्तरसम्बन्धित छ । जस्तोः आगोले मुटुसँग, पानीले मृर्गौलासँग, माटोले आन्द्रासँग, फलामले फोक्सोसँग र काठले कलेजोसँग सम्बन्ध राख्दछ । परम्परागत औषधि विधि अपनाउनेहरुले खाम सम्बन्धलाई ध्यानमा राखेर उपचार गर्छन् । यसरी पञ्च तत्वहरु पाँच ज्ञानेन्द्रीयसँग सम्बन्धित हुनाले यो परम्परा स्वास्थ्य जीवनको दृष्टिकोणले समेत अत्यन्तै महत्व राख्दछ । तामाङ बच्चामा धातु तत्वको कमी देखिएमा फलाम, सुनको जन्तर, चुरा, कल्ली लगाउने अर्थात जुन तत्वको कमी भयो, त्यही नाम दिने पनि गरिन्छ ।

यसैगरी यो पर्वले हिन्दू समाजको भन्दा भिन्न पहिचान र अस्तित्व बोकेको समस्त मंगोल सभ्यताको नै उजागर गर्दछ । यसले तामाङ समुदायलाई उत्तरी सभ्यतासँग साँस्कृतिक निकटता÷सामिप्यता रहेको देखाउँछ भने ल्होछारको अवसरमा तामाङ झाँकी प्रदर्शन, तामाङ सेलो, म्हेन्दोमाया जस्ता गीत, नृत्य प्रस्तुत गरेर बर्षदिनभरिको दुःख बिर्सने हुँदा यसले विशेष साँस्कृतिक महत्व राख्दछ । त्यस्तै पर्वको अवसरमा तामाङ घेदुङ जस्तो साझा संस्थाको आयोजनामा साँस्कृतिक सभा, महोत्सव, भेला, अन्तरक्रिया जस्ता कार्यक्रमहरु सञ्चालन गरी ताम्सालिङ पहिचान, प्रतिनिधित्व र आफ्नो गुमेको हक, अधिकारको सवालमा आवाज उठाउँदै तामाङ एकतामा टेवा पुग्ने हुँदा यो परम्पराले तामाङ समुदायमा राजनीतिक महत्व समेत राख्दछ ।

अन्तमा, यस्तो महत्व बोकेको पर्वलाई घरघरमा धुमधामका साथ मनाउनु पर्नेमा अझै हामी प्रचारात्मक आन्दोलनमा मात्रै सीमित भइरहेका छौ । २०४६ सालको परिवर्तनपछि जोडतोडका साथ प्रचार गरियो । यसरी निरन्तर प्रचार गरेको नै आज तीन दशक नाघ्न लागि सक्यो । यो समय कम होइन । तर तामाङको घरभित्र ल्होछार अझै पस्न सकेको छैन । घर नजिकको चौक, गुम्बासम्म त घेदुङले जसोतसो पु¥यायो तर घरभित्र पसाउने काम भनेको समुदायको आफ्नै कर्तब्य थियो । तर त्यो कर्तब्य पुरा नहुँदा ल्होछार घरबाहिर दशैं घरभित्र रहेको अवस्था छ ।

मार्कस गर्भेईले भनेका थिए– ‘आफ्नो इतिहास, उत्पति र संस्कृतिको ज्ञान नभएको मान्छे जरा बिनाको रुख जस्तै हो’ । साँच्चै आज ल्होछार परम्पराको बारेमा यसको महत्व बुझ्न नसक्दा गर्भेइले भने जस्तै हामी जरा बिनाको रुख जस्तै भइसकेका छौ । जो कुनैपनि बेला ढल्न सक्छ । तसर्थ, यस्तो महत्व बोकेको पर्वलाई घरघरमा मनाएर साँचो अर्थमा तामाङहरु ल्हो परम्पराको आधारमा चल्ने समुदाय हो भन्ने प्रमाणित गरौ । एकदिन चौकमा नाचेर मात्रै यो पर्वको परिभाषा पुग्दैन । सबैलाई नजिकिदै गरेको सोनाम ल्होछार– २८५५ (फाग्ड्वा/ ल्हो) को अवसरमा हार्दिक शुभकामना (ज्यावाडान्बा) । थुजेछे, फ्याफूल्ला ।।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution