हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

अमेरिकाको जर्सी सिटी र इन्द्रावती गाउँपालिका बीच भगिनी सम्बन्ध

अमेरिका / अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बीच भगिनी सम्बन्ध कायम भएको छ ।

सम्बन्ध कायम गर्न दुई नगरका प्रमुखले ८ बुँदे समझदारीपत्रका हस्ताक्षर गरेका छन् । जर्सी सिटी शहरका नगर प्रमुख स्टेभन फुलप र ईन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

औपचारिक रूपमा भगिनी सम्बन्ध बनाउन जर्सी सिटी परिषदद्वारा गत डिसेम्वर १९ तारिखका दिन परिषद प्रस्ताव पारित भएको थियो ।

जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा नगर र गाउँपालिकाकी विशेष दूतको रूपमा नियुक्त डा. विष्णुमाया परियारकै पहलमा भगिनी सम्बन्ध कायम भएको हो ।

उक्त आठ बुँदे सम्झौता पत्रमा दुई शहरबीच शैक्षिक, प्राविधिक, साँस्कृतिक, कृषि, सामाजिक विकास, आर्थिक लगानी, वातावरणीय, आविष्कार, प्रसाशनिक साधनस्रोत, सुशासन, खेलकूद लगायतका क्षेत्रमा आदानप्रदान गर्ने उल्लेख गरिएको छ।

यसअघि, जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोको सवल नेतृत्व र डा. परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरुको लागि अस्थायी सुरक्षित दर्जा ९टीपीएस ०प्रस्ताव पारित गरिएको थियो। अस्थायी सुरक्षित दर्जा ९टिपिएस ०प्रस्ताव पारित गर्ने जर्सी सिटी एक मात्र अमेरिकी शहर हो ।

त्यसैगरी, नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी नगर प्रमुख स्टेभन फुलपद्वारा सन् २०१७ को जुन ३० तारिख अमेरिकि भूमिमा नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको थियो ।

शहर भवन कक्ष भित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकि शहर हो र विश्वमै सम्भवतस् पहिलो घटना हो। नेपाली सामाजिक अभियन्ता एवं जर्सी सिटी नगर प्रमुख फुलपकि सल्लाहकार डा. बिष्णुमाया परियारले झण्डोत्तोलनको लागि पहल गरेकी थिइन् ।

ईन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामाङ पूर्वअमेरिकी नेपाली गैर आवासीय नेपाली हुन् (एनआरएन) हुन् । उनी अस्थायी आवासीय पत्र (ग्रिन कार्ड) त्यागेर नेपाल फर्केका उदाहरणीय नेता हुन् ।

सामाजिक अभियन्ता डा. परियारले दुई मुलुकका स्टेकहोल्डरहरूसंग लामो परामर्शपछि कर्मभूमिबाट मातृभूमि फर्किएका तामाङको योगदानको कदर गर्दै ईन्द्रावती गाउँपालिकालाई सिस्टर सिटी बनाउन चुनिएको हो ।

मेयर तामाङ प्रवासी नेपालीहरूले देख्ने सपनाको साकार रूप र उदाहरण हुन् भने डा। परियार अमेरिकामा रहेर नेपाल र नेपालीहरूको पहिचानको लागि विश्वस्तरमै क्रियाशील सुपरिचित सामाजिक अभियन्ता हुन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution