राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संघीय संसदबाट बलपूर्वक पारित

सत्तापक्षको बहुमत रहेको प्रतिनिधिसभाको बैठकले नेपाली कांग्रेसको विरोधकाबीच चिकित्सा शिक्षा विधेयक पारित गरेको छ।
कांग्रेस सांसदहरूले चर्को नाराबाजी गर्दै विरोध जनाए पनि सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरीराजमणि पोख्रेललाई विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए।
उक्त विधेयक नाराबाजीका बीच छलफल बिना नै पारित भएको हो।
सभामुखले छलफलमा भाग लिन समय दिए पनि कसैले भाग नलिएको घोषणा गरिएको थियो।
सत्तापक्षले पारित गरेको उक्त विधेयक सरकारले आफूसँग विगत गरेको सहमति विपरीत रहेको भन्दै डा. गोविन्द केसी आमरण अनशनमा छन्।