पोर्तुगलमा सोनाम ल्होछार भव्यताको साथ मनाउने तयारी

तामाङअनलाइन – तामाङ समाज पोर्तुगलले तामाङ समुदायको महान पर्व मन्जुश्री सम्वत् २८५५ सोनाम ल्होछार (फाग /ड्वा ल्हो ) को पावन अवसरमा आउँदो १० फेब्रुअरी २०१९ (आइतबार)का दिन जिनाजिओ क्लब आन्जुसमा विहान १० बजेदेखि ल्होछार साँस्कृतिक साँझ २०१९ को आयोजना गर्ने भएको छ ।
नेपालबाट चर्चित कलाकारहरु चन्द्रकुमार दोङ तामाङ , पूर्णिमा लामा तामाङ,हेम वाइवा तामाङ र विरु लामा तामाङ आउने भएका छन् | पोर्तुगलका स्थानीय नेपाली कलाकारहरुले सांगीतिक प्रस्तुति दिने भएका छन् |
ल्होछार कार्यक्रममा प्रवेश शुल्क १० युरो मात्र राखिएको छ ।टिकटका बुक गर्न ९२०२३१३०६, ९२०१४६९४२ र ९२०५१८६४५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
पोर्तुगलमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई कार्यक्रममा उपस्थित भइदिनका लागि तामाङ समाज पोर्तुगलले हार्दिक निमन्त्रणा गरेको छ |