ल्होछार कसरी मनाउने ? यस्ता छन् ,विधि र तरिकाहरु ….
याम्बु – नेपाली राष्ट्रिय पर्व अर्थात तामाङ समुदायको महान धार्मिक तथा साँस्कृतिक पर्व मन्जुश्री सम्वत् २८५९ सोनाम ल्होछार ,तावार /ह्योई ल्हो (बिरालो/खरायो) वर्ग यसपाली आगामी माघ ८ गते (आइतबार)परेको छ |
ल्होछार कार्यक्रम एक महिना देखि धुमधामको साथ मनाउने परम्परा अनुसार स्वदेश र प्रवासमा भएका तामाङ संघसंस्थाहरु सोनाम ल्होछार मनाउन सबैतिर तयारीमा जुटेका छन् |
ल्होछार कसरी मनाउने ,यसको परम्परा र विधि सम्बन्धी नेपाल तामाङ घेदुङ (केन्द्र) द्वारा प्रकाशित पुस्तकको हुबहु कपी पोस्ट गरेका छौ | यस पुस्तकबाट धेरै कुराको ज्ञान लिन सकिने छ |