हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

‘३३ किलो सुन खोज्न प्रधानमन्त्री ओली र प्रचण्डको घर जाऔँ’

हेटौँडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले हराएको भनिएको ३३ किलो सुन खोज्न सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को घर जानुपर्ने बताएका छन् ।

प्रदेश नम्बर ३ को हटौडामा बिहीबार आयोजित सरकार विरुद्धको प्रदर्शन पछि आयोजित सभालाई सम्बोधन गर्दै तरुण दलका अध्यक्ष बस्नेतले हराएको भनिएको ३३ किलो सुन खोज्न ओली र प्रचण्डको घरमा जानुपर्ने टिप्पणी गरेका हुन् ।

‘‘३३ किलो सुन काण्ड देखाउँदै सरकार ३८ क्वीन्टल सुन लुकाउन खोजीरहेको छ,’’ उनले भने, ‘‘सुन खोज्न अरु ठाउँ हैन केपी ओली र प्रचण्डको घर जानुपर्छ । त्यही फेला पर्छ सुन ।’’

सरकार दिन प्रतिदिन निरंकुश बन्दै गएको भन्दै बस्नेतले प्रहरी प्रशासनलाई तरुण युवामाथि ज्यादती नगर्न चेतावनी दिए । ‘‘अनेक बहाना बनाएर तरुण युवाहरुलाई दुःख दिने काम बन्द गर्नुस् । हैन भने भोलीको दिनमा हामी हिसाब गर्ने छौँ’’ अध्यक्ष बस्नेतले भने ।

तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङले सरकार नसच्चिए देशभरबाट तरुण कार्यकर्ता बोलाएर सिंहदरवार घेर्ने चेतावनी दिए । उनले भने, ‘‘सरकार आफ्नो रवैया सच्याओस् । होइन भने देश भरीका तरुण काठमाडौं आएर सिंहदरवार घेर्न आउँछौं ।’’

नयाँ युगको सुरुवातसँगै ओली सरकार चमत्कारी बन्दै गएको टिप्पणी गर्दै कोषाध्यक्ष गुरुङले भने, ‘‘समातिएको सुन तामा हुन थाल्यो । हावा मै पानी जहाज र हावामै रेल पनि चाडैँ आउने छ ।’’

मंगलबारबाट तरुण दलले सरकार विरुद्ध ७ वटै प्रदेशमा सडक आन्दोलन गरिरहेको छ । सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, महंगी, मूल्यबृद्धी, प्रेसमाथिको हस्तक्षेपसँगै वाइडबडी प्रकरण, निर्मला पन्त हत्या प्रकरणलगायतका गैर–कानुनी र अलोकतान्त्रिक क्रियाकलाप विरुद्ध तरुण दल सडक आन्दोलनमा उत्रिएको महासचिव भुपेन्द्रजंग शाहीले बताए ।

मंगलबार प्रदेश नम्बर १ को विराटनगरबाट सुरु भएको सरकार विरुद्धको प्रदर्शन माघ १४ गते सुदूरपश्चिमको धनगढीमा पुगेर सम्पन्न हुने बताइको छ । तरुण दलले बुधबार प्रदेश नम्बर २ को जनकपुरमा प्रदर्शन गरेको थियो ।   बार्हखरिबाट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution