हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

पत्रकार महासंघको निर्वाचन प्रत्यक्ष प्रणालीबाटः अध्यक्ष आचार्य

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले महासङ्घको नेतृत्व प्रत्यक्ष निर्वाचनमार्फत चयन गर्ने व्यवस्थाका लागि विधान संशोधनको वातावरण बनेको बताएका छन्।

फागुन ९ र १० गते गण्डकी प्रदेशको राजधानी पोखरामा हुने साधारणसभा तथा विधान अधिवेशनको तयारीबारेमा स्थानीय व्यवस्थापन समितिसँगको छलफलमा उनले प्रत्यक्ष निर्वाचनमा जाने गरी विधानमा व्यवस्था गर्ने केन्द्रीय समितिको प्रस्तावलाई महासङ्घ प्रदेश, जिल्ला, एशोसियट तथा विभिन्न पत्रकारसँग सम्बन्धित सङ्गठनले स्वागत गरेकोले त्यस्तो वातावरण बनेको बताए।

उनले तीनवटै तहका नेतृत्व चयनका लागि एकैपटक मतदान गर्ने व्यवस्था विधानमा गरिने र नीतिगत छलफलका लागि छुट्टै कार्यक्रम गरिने बताए।

विधान अधिवेशनलाई चन्दा माग्ने नीति नरहेको र आर्थिक सङ्कलन व्यवस्थित गर्न केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र, केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली र कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ रहेको आर्थिक समिति बनेको छ। महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यले पत्रकार महासङ्घको सदस्यताप्राप्तिबारेमा पर्याप्त बहस हुनुपर्ने र केवल निर्वाचन जित्न सदस्य थप्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ भने।

महासङ्घका शाखा अध्यक्ष श्रेष्ठले अधिवेशनको तयारी गर्न आवास, स्मारिका सम्पादन, रजिष्ट्रेशन, दृश्यावलोकनलगायत विभिन्न २७ उपसमिति बनाइएको बताए। रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution