इजरायलमा शेर्पा संघले ग्याल्पो ल्होसार भव्यताको साथ मनाउने

तेलअविव – बौद्ध धर्मलम्वि शेर्पा जातिको महान राष्ट्रिय चाड २१४६ सा-मो फक ल्हो ग्याल्पो ल्होसारको पावन अवसरमा शेर्पा संघ इजरायलले आउँदो १६ मार्च २०१९ (शनिबार) यादारुचिम ११ मा रहेको कालेव पार्टी प्यालेसमा भव्यताको साथ मनाउने भएको छ |
कार्यक्रम नेपालबाट आमन्त्रित कलाकार युवा गायक गोन्पो शेर्पा तथा शेर्पा पप गायक छोङ्बा शेर्पाको साथमा डिजे बिपिनको hot डिजे अनि रात्री भोजको साथमा जोडतोड साथ मनाउने शेर्पा संघले बताएको छ |
सम्पुर्ण इजरायलबासी शेर्पा दाजुभाइ / दिदीबहिनी तथा नेपालीहरुमा शेर्पा संघ इजरायल ल्होसार कार्यक्रममा पाल्नु हुन् पनि हार्दिक निमन्त्रणा गरेको छ |