तामाङ घेदुङ युकेले २८५५ सोनाम ल्होछार भव्यताको साथ मनाउने

युके – तामाङहरुको महान राष्ट्रिय पर्व मन्जुश्री संवत् २८५५ सोनाम ल्होछार फाग/ ड्वा ल्हो ( संगुर वर्ग ) भव्यताको साथ मनाउने भएको छ |
“तामाङ जातिको उत्थान , भाषा , धर्म र संस्कृतिको सम्बर्द्धन गरौं २८५५ फाग / ड्वा ल्हो ( सुँगुर वर्ग ) सोनाम ल्होछार भव्यताका साथ सफल पारौं ” भन्ने मुल नाराका साथ तामाङ घेदुङ यूकेले आउदो फेब्रुअरी १६ मा Reading Irish Centre,96-104 Chatham St, Reading, Berkshire, RG1 7HT आयोजना गर्ने भएको छ |
सोनाम ल्होछार कार्यक्रम मनाउन गइरहेको हुँदा यू.केमा रहनु भएका सम्पुर्ण नेपाली तामाङ तथा गैर तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सव्य भव्यताका साथ सफल पार्नको लागि तामाङ घेदुङ यू.के हार्दिक अनुरोध गरेको छ |