हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

चेपाङ बस्तीमा राहत वितरण सम्पन्न

चितवान – पर्यटकीय सुन्दर नगरी पोखरामा विगत लामो समयदेखि कृयाशिल आमा समुह अर्थात पौराखी ममी ग्रुपको विशेष पहलमा चितवान जिल्लाको दुर्गम चेपाङ बस्ती साविक कोरक गाउँ पालिका हाल रापती नपा वडा नं.११ र १२ का बासिन्दा २२० घरधुरीलाई २२० बोरा चामाल सोयाबीन र लत्ताकपडा राहत विशेष कार्यक्रम सहित स्थानीय जनप्रतिनिधि र पत्रकारहरुको उपस्थितिमा वितरण गरिएको छ ।


राहत वितरण कार्यक्रमका प्रमुख अतिथि पूर्व माननीय सभासद माया चेपाङले सँधै परनिर्भर भएर चेपाङ समुदायले उन्नति र समृद्धि प्राप्त गर्न सकिदैन ।त्यसैले स्वरोजगारको माध्यमबाट आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।

विशेष अतिथि नेपाल तामाङ घेदुङ तमुवान-मँगरात प्रदेश अध्यक्ष दिपक वाईबा तामाङले चेपाङ समुदायलाई राज्यले विशेष कार्यक्रम र योजना सहित बजेटको व्यवस्था गर्नुपर्ने , शिक्षा , स्वास्थ्य र रोजगारको अवसर सिर्जना गर्नुपर्ने साथै चेपाङ घना बस्ती क्षेत्र (गोरखा ,धादिङ ,चितवान र मकवानपुर) लाई चेपाङ स्वायत्त इलाकाको रुपमा राज्यले अधिकार दिनुपर्ने विचार व्यक्त गर्नु भयो ।भूमीपुत्र चेपाङ समुदायको मौलिक संस्कृति भाषा संरक्षण संवर्द्धन गर्नु राज्यकोपनि दायित्व भन्नुभयो ।

राहत वितरण समितिका संयोजक एवं पौराखी ममी ग्रुप पोखराका संयोजक विष्णु तामाङले यसपटक राहत वितरणबाट थप सन्तुष्टि मिलेको भन्नुहुँदै अगामी दिनमा अझ सहयोग गर्ने विचार व्यक्त गर्नुभयो र अभियानलाई सहयोग गर्नुहुने सबै सहयोगदातालाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

पोखरामा ल्होछार विशेष रमाइलो पार्टीको आयोजना गरि र बिभिन्न सहयोगदाताहरुको सहयोग संकलन गरि पौराखी ममी ग्रुपले अत्यन्त विपन्न वर्गहरुको विचमा यसरी सहयोग गर्दै आउनुभएको छ ।गत साल रौतहट जिल्लामा शितलहर प्रभावित क्षेत्रमा न्यानो कपडा वितरण गरेको सम्पन्न गरेको थियो ।पौराखी ममी ग्रुपका सदस्यहरु तिर्थ तामाङ संगिता गुरुङ , जुना तामाङ र अन्जु तामाङको समेत उपस्थिति रहेको सो कार्यक्रममा जन प्रतिनिधि अमर चेपाङ , समाजसेवी एवम् पत्रकार केपी किरण शर्मा र शिक्षक केशव चेपाङले आफ्नो विचार व्यक्त गर्दै राहत वितरक पौराखी ममी ग्रुपलाई विशेष धन्यवाद टक्र्याउनु भयो ।

स्थानीय समाजसेवी खेमराज चेपाङको अध्यक्षतामा युवा अगुवा आकाश चेपाङले सन्चालन गर्नुभएको थियो |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution