तामाङ सोसाइटी अफ लस एन्जलसले २८५५ सोनाम ल्होछार भव्यताको साथ मनाउने
अमेरिका – तामाङ सोसाइटी अफ लस एन्जलसले मन्जुश्री सम्वत् २८५५ सोनाम ल्होछार (फाग ल्हो) आउँदो १० फेब्रवरी २०१९ (आइतबार) Tara Himalayan Cuisine, 17221 Pioneer Blvd, Artesia, CA 90701 मा भव्यताको साथ मनाउने भएको छ |
कार्यक्रमको लागि नेपालबाट द म्हेन्दोमाया किङ गायक सागर एस वाइबा तामाङ आउनु हुने भएको छ | स्थानिय कलाकार र बिबिध प्रस्तुति सहित भरपुर मनोरंजन हुने आयोजकले जनाएको छ |
सोनाम ल्होछार तामाङहरुको मात्र नभएर बिबिध संस्कृतिले भरिएको नेपालको आफ्नै संस्कृति हो । त्यसैले लस एन्जलसमा बसोवास गर्नु हुने सम्पूर्ण नेपालीहरुलाई हार्दिक निमन्त्रणा गरेको तामाङ सोसाइटी अफ लस एन्जलसका अध्यक्ष टेक वाइबा लामाले बताउनु भएको छ |