तामाङ समाज कतारले सोनाम ल्होछार भव्यताको साथ मनाउने
याम्बु – नेपाल प्रवासी तामाङ समाज कतारद्वारा बिगतको बर्षहरुमा झै यसपाली पनि मन्जुश्री संबत २८५५ सोनाम ल्होछार आउदो ८ फेब्रुअरी २०१९ शुक्रबारका दिन आमवाज क्याम-२ मा भब्यका साथ मनाउने भएको छ |
कार्यक्रमको लागि नेपाल बाट ख्यातिप्राप्त सेलो गायक तथा संगीतकार आरवि लामा सिङतान तामाङ , चर्चित सेलो गायिका जितु लोप्चन तामाङ, दोस्रो चितवन आइडल l तथा दोश्रो नेपाली ताराको द्वितीय रनरअप चर्चित गायक शुरेश लामा तामाङ र म्हेन्दोमायाका चर्चित गायक चिजा लेकालि (ल्हाई ब्योन) कतार आउने भएका छन् | साथै स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।
उक्त ल्होछार कार्यक्रम स्थलसम्म आवतजावतको लागि आयोजले हरेकलाई पायक पर्ने स्थानहरुबाट यातायातको ब्यबस्था गर्नुको साथै कार्यक्रम स्थलमा खाना, चिया र कफिको ब्यबस्था रहेको बताएको छ ।
दोहा कतारमा कार्यरत आम तामाङ तथा गैर तामाङ दाजु भाइ तथा दिदिबहिनीहरुमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ |