यस कारण म साउदी अरबबाट भागेँ……
बीबीसी। एक नाटकीय कथाजस्तै जसले साउदी अरबमा महिलामाथि लगाइएको प्रतिबन्धमाथि प्रकाश गर्ने काम गरेकी छन्। १८ वर्षकी राहफ मोहम्मद अल–कुननले त्यतिबेला पूरै विश्वको ध्यान आफूतर्फ आकर्षित गरिन् जब उनले बैंकक विमानस्थलमा आफूलाई एउटा कोठामा बन्द गरिन् र फिर्ता जान अस्वीकार गरिन्। उनी साउदी अरबमा आफ्नो परिवार छोडेर आएकी थिइन् र ट्विटरमा उनको समर्थनमा एउटा अभियान संचालन भएपछि उनलाई क्यानडामा आश्रय दिइयो।
यो घटनापछि साउदी अरबमा महिला अधिकारको मुद्दा फेरि एक पटक चर्चामा छ र महिलामाथि लगाइएको प्रतिबन्धमाथि वहश हुन थालेको छ।
यस्तै परिस्थितिबाट गुज्रिएकी एक युवतीले बीबीसीसँग आफ्नो वास्तविकता सुनाइन् जो साउदी छोडेर क्यानडा आएकी थिइन्।
२४ वर्षीया सवला आफ्नी १९ वर्षीया बहिनीसँग आठ महिना पहिला घर छोडेर भागेकी थिइन्। अहिले उनी मान्ट्रीओलमा बस्छिन्। सवलाको अनुभव उनकै शब्दमा।
कसरी गरिन् घर जोड्ने तयारी
हामी ६ वर्षदेखि साउदी अरब छोड्ने तयारी गरिरहेका थियौं। तर त्यसकालागि हामीलाई पासपोर्ट र नेशनल आइडी कार्डको आवश्यकता थियो। मलाइ यी सबै दस्तावेजकालागि आफ्ना अभिभावकको सहमति आवश्यक थियो। (साउदीमा महिललाई धेरै कुराकालागि कुनै पुरुष अभिभावकको अनुमतिको आवश्यकता पर्छ।)
राम्रो पक्ष के थियो भने मसँग आईडी कार्ड थियो। किनभने विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा मेरो परिवारले आईडी कार्ड बनाउन सहमति दिएको थियो। मसँग पासपोर्ट पनि थिया, किनभने मलाइ दुई वर्ष पहिला अंग्रेजीको परीक्षा दिन पासपोर्ट चाहिएको थियो। तर मेरो परिवारले मसँग भएका सबै दस्तावेज फिर्ता लिएको थियो। ती सबै दस्तावेज मैले फिर्ता लिनुपर्ने थियो।
मैले आफ्ना भाइको घरबाट चाबी निकालेँ र पसलमा गएर डुब्लिकेट चाबी बनाएँ। जब परिवारका सदस्य सुतिरहेका थिए, तब उनीहरुले नथाहापाउने गरी यी सबै काम गरेँ। यो निकै जोखिमपूर्ण काम थियो। यदि म पक्राउ परेकी भए जे पनि हुनसक्थ्यो।
अब मसँग घरका चाबी थियो। मैले मेरो र मेरी बहिनीको पासपोर्ट निकालेँ र बुवा निदाइरहेको अवस्थाम मैले उहाँको फोन पनि लिएँ। यो फोनमार्फत मैले गृहमन्त्रालयको वेबसाइटमा बुवाको अकाउन्टमा लगइन गरेँ र उहाँको नम्बर परिवर्तन गरेर मैले आफ्नो नम्बर हालेँ। मैले बुवाको अकाउन्टबाट हामी दुवैकालागि देश छोड्ने सहमति दिएँ।
कसरी निस्किए घरबाट?
एक रात सबै जना सुतिरहेका बेला हामी घरबाट भाग्न सफल भयौं। त्यो बेला हामी निकै तनावमा थियौं। हामी ड्राइभिङ गर्न सक्दैन थियौं, त्यसैले हामीले ट्याक्सी बेलायौं। रमाइलो के भयो भने हामीको बोलाएको ट्याक्सी चालक विदेशी थिए। त्यही भएर हामी दुई जना मात्रै जाँदै गरेको देखेर पनि उनीहरुले वास्ता गरेनन्।
हामी रियाद नजिकैको किङ खालिद इन्टरनेशनल एयरपोर्ट जाँदै थियौं। हामी के गर्दैछौं भन्ने कुरा कसैले पनि थाहा पाएको भए हाम्रो हत्या हुने निश्चित थियो। जब म कलेजको अन्तिम वर्षमा थिएँ, त्यतिबेलादेखि म एउटा अस्पतालमा काम गरिरहेकी थिएँ। मैले उक्त काम गरेर जर्मनलागि जहाजको टिकट र ट्रान्जिट भिषा किन्ने पैसा जम्मा गरेकी थिएँ। मसँग बेजेरोजार भत्ताको पनि पैसा थियो।
मैले आफ्नी बहिनीसँग जर्मनीकालागि फ्याइट लिएँ। त्यो पहिलो पटक थियो म जहाजमा बसेको। त्यो एउटा गजबको अनुभव थियो। मु खुशी थिएँ, डराएकी पनि थिएँ, म खुशी र डर एकैसाथ अनुभव गर्दै थिएँ।
हामी दिदी बहिनीले घर जोडेको कुरा मेरा बुवाले थाहा पाउनु भएछ। अनि उहाँले प्रहरीलाईपनि बोलाउनु भएछ, तर त्यतिबेलासम्म निकै ढिला भइसकेको थियो। मैले गृहमन्त्रालयको वेबसाइटमा बुवाको फोन नम्बर परिवर्तन गरिदिएकी थिएँ। जब गृहका अधिकारीले बुवालाई फोन गर्थे उक्त फोन मेरो फोनमा आउँथ्यो। जब हामी जर्मनीमा अवतरण गर्यौं तब प्रहरीको एउटा म्यासेज आयो, जो म्यासेज प्रहरीले मेरा बुवालाई पठाएको थियो।
साउदी अरबमा कुनै जिन्दगी नै छैन। मेरो जीवन भनेको घरबाट विश्वविद्यालय र त्यहाँबाट घर आउने मात्रै थियो। त्यस बाहेक केही पनि थिएन। उनीहरु हामीलाई गलत कुरा मात्रै सिकाउँथे। जस्तै पुरुष हामीभन्दा ठूला हुन्। मलाइ रमजानमा रोजा राख्न बाध्य पारिन्थ्यो।
जब म जर्मनी पुगेँ अब आश्रय लिएर कानुनी सहायताकालागि वकिल भएको ठाउँमा पुगेँ। मैले फारम भरेँ र सबै कुरा वकिललाई सुनाएँ।
मैले क्यानडामा बस्ने निर्णय गरेँ। किनभने मानवअधिकारका विषयमा क्यानडा निकै राम्रो छ। मैले सीरियाका शरणार्थीलाई पनि क्यानडाले आश्रय दिएको समाचारमा पढेकी थिएँ।
मेरो आग्रहलाई स्वीकार गरियो। जब म टोरन्टोमा उत्रिएँ, तब पासपोर्टमा क्यानडाको झण्डा देखेँ। क्यानडामा आफू हुनु आफ्नो उपलब्धि नै ठानेँ।
म आज आफ्नी बहिनीसँग विना कुनै तनाव मान्ट्रीओलमा बसिरहेकी छु। उहाँ मलाइ कसैले पनि आफ्नो इच्छा विपरित काम गर्न बाध्य बनाउँदैनन्।
हुन सक्छ साउदी अरबमा धेरै पैसा हो, तर यहाँको जीवन धेरै राम्रो छ। किनभने मैले अब चाँहे भने आफ्नो अपार्टमेन्ट किन्न सक्छु। यसकालागि मलाइ कसैको पनि सहमतिको आवश्यकता पर्दैन। यो कुराले मलाइ धेरै खुशी बनाउँछ। मैले आफू स्वतन्त्र रहेको अनुभूति गर्छु, मैले चाहेको कपडा लगाउन सक्छु। मलाइ क्यानडाको हिँउ निकै मन पर्छ।
म फ्रेन्च भाषा सिकिरहेकी छु। मैले बाइक चलाउन, स्वीमीङ गर्न र आइस स्केटिङ गर्न पनि सिकिरहेकी छु। मलाइ के लाग्छ भने म जीवनमा केही गरिरहेकी छु। हाम्रो परिवारसँग कुरा हुँदैन। तर मलाइ र मेरी बहिनी दुवैकालागि यहाँ राम्रो छ। यहाँ हामीलाई आफ्नो घर जस्तै लागेको छ।