हेटौडामा सोनाम ल्होछार महोत्सब हुने
हेटौडा: तामाङ समुदायको महान सास्कृतिक पर्ब २८५५ फाग ल्हो (बदेल बर्ग) सोनाम ल्होछारको अबसरमा प्रथम ल्होछार महोत्सब हुने भएको छ । बिगतको बर्षमा सास्कृतिक कार्यक्रम गरेर सिमित भएको पर्ब यस बर्ष देखि बृहत रुपमा लैजाने भएको छ ।
ल्होछार महोत्सब बारे बुधबार हेटौडामा तामाङ गुठी, गुम्बा, र घेदुङ्को पदाधिकारीहरु बीच भएको संयुक्त बैठक मार्फत माघ २१ र २२ गते दुइ दिन ल्होछार महोत्सब गराउने निर्णय गरेको छ । महोत्सब सफल बनाउन ह्याङ्ला तामाङ समाजको अध्यक्ष आत्माराम मोक्तानको नेतृत्वमा १ सय ५१ सदस्यीय ल्होछार महोत्सब मूल समारोह समिति गठन गरिएको छ ।
सोनाम ल्होछारको प्रबर्द्धन, हाम्रो सास्कृतिक सरोकार तामसालिङ प्रदेशको निर्माण, हाम्रो राजनीतिक आधार भन्ने मुल नारामा साथ प्रथम ल्होछार महोत्सब आयोजना गर्न लागिएको संयोजक आत्माराम मोक्तानले बताए । ‘भाषा, धर्म, संस्कृति तामाङको पहिचान, उत्पादन निर्माण र तामाङ जातिको लोप हुन लागेको संस्कृतिलाई संरक्षण, सम्बर्दन र प्रबर्दन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको संयोजक मोक्तानले बताए ।
ल्होछार महोत्सब मूल समारोह समितिले विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । समितिको आर्थिक संयोजकमा डोल्मा स्याङ्बो, मंच तथा साउण्ड सिस्टम ब्यबस्थापनमा सबिन मोक्तान, पुजा ब्यबस्थापनमा काजिमान तितुङ, कला सास्कृतिक संयोजकमा कृष्ण बहादुर मोक्तान, प्रचारप्रसार संयोजकमा दिल बहादुर लामा लगायतको उपसमितिहरु गठन गरिएको छ ।
महोत्सबमा तामाङ खाना परिकार, लत्ताकपडा, पुस्तक प्रदर्शनी, लामा प्रशिक्षण तथा प्रबचन, लगायत ताम्बा, झाँक्री लगायत रास्ट्रीय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने बताएको छ । जिल्लाभित्रका सम्पूर्ण तामाङ जातिलाई एकताको सुत्रमा बाँध्न पनि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा छ ।
महोत्सवको अवसरमा तामाङ लोकसंस्कृतिमा आधार विभिन्न संस्कृति तथा कला, गीत र नृत्यको समेत प्रदर्शन गरिने तामाङ सास्कृतिक घेदुङका अध्यक्ष कलासस्कृति संयोजक कृष्ण मोक्तानले बताए । महोत्सबमा तामाङ खानाको परिकार, तामाङ भेषभुषषा संगै ब्यबसायिक स्टलहरु रहने आयोजकले जनाएको छ ।
तामसालिङ खबर ग्याम्से