गोरुसिङेमा कार दुर्घटनामा परी चर्चित गायिका शान्ति श्री परियार घाईते

काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियार कार दुर्घटनामा परी घाईते भएकी छन्। गायिका परियारको पश्चिमबाट काठमडौँतर्फ आउँदै गर्दा कपिलबस्तुको गोरुसिङेमा कार दुर्घटना भएको बताईएको छ।
नेपालगञ्जको सांस्कृतिक कार्यक्रममा सकेर लमजुङको कार्यक्रमका लागि जाने क्रममा कपिलबस्तुको गोरुसिङेमा गायिका परियार दुर्घटनामा परेकी हुन्। उनी सवार कार सडकबाट भित्तामा ठोकिन पुगेको प्रहरीले जनाएको छ। गायिका परियारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
थुप्रै लोक तथा दोहोरी गीतहरूमा स्वर दिएकी परियार पछिल्लो समय निकै व्यस्त मध्यकी एक हुन्। उनको पछिल्लो गीत बोल मायाले लोक गीत क्षेत्रमै ठुलो सफलता पाएको थियो । जुन गीत अहिलेसम्म युट्युबमा मात्रै ९७ लाखले हेरिसकेका छन् ।