बहराइनमा सोनाम ल्होछार मनाउने तिब्र तयारी

मानमा,बहराइन।नेपाली क्लब बहराइन र नेपाल आदिबासी जनजाती महासंघ बहराइनको विशेष सहयोगमा बहराइन तामाङ सेवा समाजले बिगतका बर्षहरुमा झै यसपाली पनि नेपालीहरुको राष्ट्रिय चाड तथा तामाङ समुदायको सांस्कृतिक पर्व मन्जुश्री सम्बत २८५५ फाग (ड्वा)ल्हो सोनाम ल्होछारलाई धुमधामले मनाउने तयारी गरेको छ।
स्थापनाकाल देखि नै हरेक बर्ष बहराइनमा तामाङहरुले सेलोमय बाताबरणमा नेपालका मात्रै नभई भारात भुटान लगायत विभिन्न देशका तामाङ हरुलाइ समेटि सोनाम ल्होछार लाई उल्लासमय ढंगले मनाउदै आइरहेको छ।
बहराइनमा कृयासिल जातिय संस्थाहरु मगर संघ बहराइन,तमु समाज बहराइन,किराँत याक्थुम चुम्लुङ बहराइन,किराँत राई यायोख्खा बहराइन र शेर्पा किदुङ बहराइन लगायत विभिन्न कृयासिल संघ संस्थाहरुको प्रत्यक्ष सहयोगमा मन्जुश्री सम्बत २८५५ फाग ल्हो(ड्वा/सुंगुर बर्ग) सोनाम ल्होछार सांस्कृतिक साँझ-२०१९ आउदो फेब्रुअरी ८ तातिख शुक्रबारको दिन बहराइनको राजधानी मानमा स्थित डेल्मुन होटलको प्रांगणमा,लामा धर्म गुरुबाट पुजापाठ गरि २८५४ खि (नागी) ल्होलाई बिदाइ गर्दै २८५५ फाग (ड्वा)ल्हो लाई स्वागत गरि शुभकामना आदानप्रदानका साथै नेपालबाट आमन्त्रित राष्ट्रिय स्तरका चर्चित कलाकारहरु गायक तथा संगितकार विशाल काल्तान तामाङ,मोडल तथा नृत्याङ्गना रुपा यस गले तामाङ,हाम्रो टिभिका कार्यक्रम संचालक तथा पत्रकार,मोडल स्मारिका थिङ तामाङ र स्थानिय उत्कृष्ट कलाकारहरु बुद्ध मोक्तान,अनु राना,सुनिता पाख्रीन,पासाङ मोक्तान,सुस्मिता,गुनराज,भुवन लोप्चन लगायतको उपस्थितिमा बृहत् सांगेतिक कार्यक्रम सहित धुमधामले मनाउने सोनाम ल्होछार संयोजक पेमा तितुङ तामाङले बताउनु भएको छ |
ल्होछारलाइ सभ्य तथा भब्य रुपमा सम्पन्न गराउनको निमित्त बहराइन तामाङ सेवा समाजले तिब्र गतिमा तयारी थालेको छ भने बहराइन स्थित सम्पुर्ण ल्होछारप्रेमी नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाइ उपस्थित भइ कार्यक्रम लाई सफल पारिदिनु हुन अनुरोध पनि गरेको छ।